सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक प्यानलका रावत बिजयी


सुर्खेत, २ पौष : सुर्खेत उद्योग बाणिज्य संघको अध्यक्षमा धनबहादुर रावत विजयी भएका छन् । संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा लोकतान्त्रिक प्यानलका रावतले ८१० मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी संयुक्त उद्योगी व्यवसायी प्यानलनका प्रकाश उप्रेतीले ७९३ मत ल्याएर पराजित भए ।

       अन्य पदाधिकारीहरुमा भने मिश्रित परिणाम आएको छ । संघको वरिष्ठ उपाध्यक्षमा हर्षविक्रम खड्का (७८९), उद्योग उपाध्यक्षमा गणेशकुमार बस्नेत (८०५), महिला उपाध्यक्षमा कृष्णाकुमारी थापा (७६६), महासचिवमा लक्ष्मण कंडेल (७७८), कोषाध्यक्षमा भद्र भण्डारी (८०६) र सचिवमा रामप्रसाद पाण्डे (७६५) विजयी भएका छन् । लोकतान्त्रिक प्यानलबाट बरिष्ठ उपाध्यक्षका उम्मेदवार बाशुदेव शर्मा (७७४) र उद्योग उपाध्यक्ष हरी विष्ट (७२४) पराजित भए । संयुक्त उद्योगी व्यवसायी प्यानलका उम्मेदवार बाणिज्य उपाध्यक्ष प्रवल शाही (७६४), महिला उपाध्यक्ष बसन्तीकुमारी बस्नेत (एकता) ७४७, महासचिव कलाधर उपाध्याय (केदार) (७४८), कोषाध्यक्ष गोविन्द पाण्डे (७३०) र सचिव शिवराज जैशी (अधिकारी) (७५५) पराजित
भए ।

           संघको महिला सदस्यमा टिकाकुमारी कंडेल (७१८) र लक्ष्मी कार्की (प्रधान) (७१८) विजयी भएकी छन् । यस्तै सदस्यहरुमा रामप्रसाद जैसी (राजु)ले ८०८, प्रेमप्रसाद पाण्डेले ७९१, कपिलमणि सुवेदीले ७८४, रमेश बरालले ७८२, जनकबहादुर थापाले ७६८, हरिकुमार श्रेष्ठले ७६२, रामबहादुर गौतमले ७५४, दिपक खड्काले ७५१, सिंहराज बमले ७५१, तेजप्रसाद तिवारीले ७४०, प्रेमबहादुर रावतले ७३२ र भिमप्रसाद पौडेलले ७१८ मत ल्याएर विजयी भएका छन् ।

           यस्तै, सदस्यका उम्मेदवार अक्कलबहादुर शाहीले सात सय, एवानबहादुर बुढाले ६७७, कर्णबहादुर शाहीले ६७९, कुष्णप्रसाद सुवेदीले ७१५, प्रकाशचन्द थापाले ६५९, प्रेमबहादुर थापाले ७१४, बिन्द्रप्रसाद जैसी (विशाल)ले ६१४, मदनबहादुर थापाले ६७३, रमेशप्रसाद ढकालले ७११, लक्ष्मण खत्री (देवकोटा)ले ७१२ र हविष हुसेनले ६७४ मत ल्याएर पराजित भएका
छन् । संघको नयाँ नेतृत्वको लागि शनिवार मतदान भएको थियो । संघमा एक हजार ९०४ सदस्य भएपनि एकहजार ६५० मत खसेको थियो ।

प्रकाशित मितिः     २ पुष २०७५, सोमबार २०:१७  |