दामोदर आचार्य : मुस्किल समयका अध्यक्ष, ‘ड्रिम प्रोजेक्ट’का परिकल्पनाकार


उद्योग वाणिज्य संघ मात्र नभई राजनीति र नेपालगन्जको सामाजिक आन्दोलनका क्षेत्रमा दामोदर आचार्य चिरपरिचित नाम हो । पदमा रहंदा होस् चाहे नरहंदा संघदेखि सामाजिक आन्दोलनसम्म उनको भुमिकालाई कसैले नजरअन्दाज गर्न सक्दैनन् । सरकारी सेवा छाडेर व्यवसाय हुँदै राजनीतिमा आएका आचार्य २०५४ सालदेखि उद्योग वाणिज्य संघमा सक्रिय छन् । २०५४ सालमा उनी मनोनित सदस्य भएका थिए । उद्योग वाणिज्य संघ प्रवक्ता देखि अध्यक्षसम्मको जिम्मेवारी सम्हाले उनले । २०६३ सालदेखि २०६६ सालसम्म उनी अध्यक्ष बने । आचार्य अत्याधिक मत ल्याई नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत निर्वाचित भए ।
द्धन्द्ध, जनआन्दोलन, बिभिन्न सद्भाव बिग्रिने खालका आन्दोलन जस्तासंक्रमणकालिन समयमा आचार्यले संघको नेतृत्व सम्हालेका
थिए । जोकोहीले संघलाई बिश्वासको नजरले हेर्थे । संक्रमणकालको चुनौती पार गर्न मुस्किल थियो । तर आचार्यले चुनौती पार गरेर संघलाई स्थापित गराउन सके । आचार्यको कार्यकालको सबैभन्दा महत्वपूर्ण कुरा बहुउदेश्य सभागृह बन्न पुग्यो । उद्योग वाणिज्य संघ मात्र नभई पुरै नेपालगन्जको सपनाको रुपमा रहको बहुउदेश्य सभागृहको परिकल्पनाकार मात्र नभई त्यसलाई मुर्तरुप दिन जग्गा खोज्नेसम्मको काम भयो ।
आचार्यको निकै ठुलो मेहेनत पछि सडक डिभिजन परिसरमा रहेको १० बिगाह जग्गा संघको नाममा ल्याउन सकिएको छ । उक्त योजना सफल भए नेपालगन्जले ठुलो फड्को मार्ने निश्चितछ छ । आचार्यका समयमा उद्योगी व्यवसायीहरुका हकहितका कुरा पनि निकै सम्बोधन भएको देखिन्छ । उर्जा समस्या समाधान गर्नका लागि उनको पालामा निकै मेहेनत भएको थियो ।

यस्तो थियो दामोदर आचार्य नेतृत्वको कार्यसमिति

दामोदर आचार्य
अध्यक्ष
सतीशचन्द्र अग्रवाल
निर्बतमान अध्यक्ष
कन्हैयालाल बैद्य
प्रथम उपाध्यक्ष
कृष्णप्रसाद श्रेष्ठ
द्धितीय उपाध्यक्ष
अशोक कुमार कर्माचार्य
महासचिव

प्रदीपकुमार गुप्ता
उपमहासचिव
तनबीर जमाल हल्वाई
कोषाध्यक्ष


कार्यसमिति सदस्य

बिजयकान्त शर्मा
सतीशकुमार अग्रवाल
नन्दलाल बैश्य
उमाशंकर केशरवाल
सन्तोषकुमार कनोडिया
कपिलप्रसाद अधिकारी
बिष्णुप्रसाद गौतम
ललितकुमार रौनियार
अब्दुलवाहिद मन्सुरी
प्रदीपकुमार छाजेड ( एशोसियट)
मधुसुदन रिजाल ( एशोसियट)
पार्वती सापकोटा ( महिला सदस्य)
रचना श्रेष्ठ ( महिला सदस्य)
दामोदर प्रसाद गुप्ता ( बरिष्ठ सदस्य)
शरण कर्माचार्य ( मनोनित सदस्य)
कृष्णप्रसाद तिवारी ( मनोनित सदस्य)

सन्र्दभ सामाग्री :  नेपालगन्ज उद्योग वाणिज्य संघको स्वर्णवर्ष स्मारिकाबाट

प्रकाशित मितिः     ३ पुष २०७५, मंगलवार ०८:११  |
error: Content is protected !!