फोहोर गर्नेलाई कारवाही गर्ने मेयर राणाको चेतावनी


बाँके : नेपालगन्ज उपमहानगरपालिकाले शहरभित्र जथाभावी फोहोर गर्नेलाई अब कानुनी कारवाही गर्ने चेतावनी दिएको छ ।       उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले प्रेस बिज्ञप्ती जारी गर्दै गत शनिबार नेपालगन्जमा सम्पन्न भएको बृहद सरसफाई अभियानमा सहभागिहरुलाई धन्यबाद दिदै फोहोर गर्नेहरुलाई भने अब कानुनी कारवाहीको बाटो समात्ने चेतवानी दिए ।
म फोहोर गर्दीन, फोहोर हुन पनि दिन्न भन्ने नारालाई सार्थक बनाई शुन्दर र फोहोरमुक्त नेपालगन्ज बनाउने अभियानमा सहभागि हुन सम्पूर्णनेपालगन्जबासीलाई उनले आग्रह गरेका छन् ।  शुन्दर र सफा शहर नै विकासको मूल आधार रहेको मेयर राणाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । राणाले अब नेपालगन्जमा फोहोर व्यवस्थापन घरमै कसरी गर्ने भन्ने बिषयमा उमहानगरपालिकाले सचेतना अभियान सुरु गर्ने पनि बताएका छन् ।


प्रकाशित मितिः     ३ पुष २०७५, मंगलवार १३:४६  |
error: Content is protected !!