प्रधानमन्त्रीको नियत खराब होइन तर नियति सामु लाचार बने : कमल थापा


बाँके : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रबादी र केही गरौं भन्ने नियत खराब नभएपनि उनी नियति सामू लाचार बनेको बताएका छन् । पार्टीको प्रदेश नम्बर ५ को प्रशिक्षण तथा सम्मेलनलाई नेपालगन्जमा सम्बोधन गर्दै थापाले प्रधानमन्त्री लाचार बन्दा सरकार हरेकक्षेत्रमा असफल बन्दै गएको बताए ।
‘व्यक्तिगतरुपमा म प्रधानमन्त्रीको राष्ट्रबादी भावना र केही गरौं भन्ने नियत माथि शंका  गर्दिन । पहिले मैले उहाँसंग गरेको सहकार्यको अनुभवका आधारमा उहाँको नियत खराब छैन । तर उहाँ नियति सामु लाचार बन्नुभयो ।’— कार्यकर्ता माझ थापाले भने । राष्ट्रबादको भर्खर व्यक्तित्व बनाएका प्रधानमन्त्री ओलीकै कार्यकालमा तराई मधेसमा बिखण्डकारीले नारा, जुलुस गर्दा समेत प्रहरी, प्रशासन टुलुटुलु हेरी बसेको थापाले बताए । नेपालगन्जको नगरभवनमा प्रशिक्षण सन्चालन भइरहेको छ भने थापाले सम्बोधन गरिरहेका छन् ।


प्रकाशित मितिः     ३ पुष २०७५, मंगलवार १५:२७  |
error: Content is protected !!