अंग्रेजी नयाँ बर्षमा नमस्ते रेष्टुरेन्टमा म्युजिक फेष्टिबल हुने


बाँके :  अंग्रेजी नयाँ बर्षको पूर्वसन्ध्या डिसेम्बर ३१ मा म्युजिक फेष्टिबलका रुपमा मनाइने भएको छ । नेपालगन्जको गनापुर स्थित नमस्ते भिलेज रिसोर्ट प्रा.लि.मा म्युजिक फेष्टिबलका रुपमा मनाइने भएको हो । चर्चित राष्ट्रिय कलाकार गायक राजेश पायल राई, कमल खत्री, सन्दिप क्षेत्री, सुरज थापादेखि सुजाता पाण्डेसम्मका कलाकारहरुको उपस्थितिमा न्यू इयर इभ मनाइने भएको हो ।
‘अंग्रेजी नयाँ बर्षलाई भव्य रुपमा स्वागत गर्न बलामी फिल्म इन्टरटेन्मेन्टले म्युजिक फेष्टिबल आयोजना गर्न लागेको हो’, नमस्ते रिसोर्टका प्रबन्ध निर्देशक पशुपति दुलालले मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिए । यही पुष १६ गते अव गुञ्जिने छ नेपालगन्ज भन्ने नाराका साथ म्युजिक फेष्टिबल राखिएको आयोजक टिमले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । अहिलेसम्मकै सांस्कृतिक कार्यक्रमहरुमा उत्कृष्ट आयोजनाका रुपमा भव्यता दिइने तयारी रहेको उनले बताए । पत्रकार सम्मेलन गरि उहाँले भन्नुभयो नेपालका ६ वटा मुख्य शहरमा यस्तो फेस्टीबल गर्न लागिएको हो जसअनुसार नेपालगन्जमा पहिलो पटक रहेको जानकारी गराए । राष्ट्रिय कलाकारका साथ स्थानिय कलाकार र ब्याण्ड समेत सांस्कृतिक कार्यक्रममा रहने आयोजकले जनाएको छ । कार्यक्रममा प्रवेशका लागि भिआईपीका लागि २ हजार, नर्मलका लागि १ हजार र विद्यार्थीका लािग ५ सय टिकट दर राखेको आयोजकले जनाएको छ । सांस्कृतिक कार्यक्रममा करिव ५ हजार जना आउने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
फ्राइडे नाइट लाइभका रुपमा नमस्ते भिलेज रिसोर्टले गनापुरमा प्रत्येक शुक्रबार सांस्कृतिक प्रस्तुति आयोजना गर्दै आएको छ । ‘प्रत्येक साताको लाइभ म्युजिकसँगै बेलाबेलामा यसखालका उत्सवहरुलाई पनि हामी प्राथमिकतामा राख्दैछौं’, प्रबन्ध निर्देशक दुलालले भने । सांस्कृतिक कार्यक्रम वेलुका ४ बजेदेखि राती २ बजेसम्म चल्ने आयोजक टिमले जानकारी गराएको छ । कार्यक्रमको लागि सवै निकायसंग स्विकृत पनि लिईसकेको जनाएको छ । सोही दिन सम्पुर्ण नेपालीहरुलाई नेपालीपन झल्कने ढाका टोपी दिवस रहेको हुनाले ढाका टोपी लगाएर आउन समेत आग्रह गरेको छ ।

प्रकाशित मितिः     ३ पुष २०७५, मंगलवार १७:४९  |