सुनिलकुमार शर्मा : जसले महोत्सव लगाएर संघको आम्दानी बढाए


बाँके :  नेपालगन्जमा क्षेत्रीयस्तरको महोत्सव आयोजना गर्ने श्रेय नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुनिलकुमार शर्मालाई जान्छ । २०६६ सालमा अध्यक्ष भएका शर्माले नेपालगन्जमा क्षेत्रीयस्तरको महोत्सव सुरु गरेका थिए । उद्योग वाणिज्य संघलाई आमनागरिकसंग जोड्ने र महोत्सवबाट आम्दानीको स्रोत बनाउने श्रेय पनि उनलाई नै जान्छ । शर्मा घरेलु तथा साना उद्योग महासंघ हुँदै उद्योग वाणिज्य संघको यात्रामा प्रवेश गर्ने व्यवसायी हुन ।

          घरेलु तथा साना उद्योग महासंघको उपाध्यक्ष हुँदा उनी लगायतले नेपालगन्ज नगरपालिकाले त्यसबेला लिने चुंगीकरका बिरुद्धमा बृहद आन्दोलन गरेका थिए । तत्कालिन मनमोहन अधिकारीको सरकारले चुंगीकर हटाउने निर्णय गरेपनि नगरपालिकाले गैरकानुनीरुपमा लिइरहेको थियो । तर पनि उद्योग वाणिज्य संघको निस्क्रियताका कारण घरेलु तथा साना उद्योग महासंघले आन्दोलन हाँकिरहेको थियो । त्यसैको आन्दोलनले चुंगीकर खारेज भयो । सोही कारणले संघका तत्कालिन अध्यक्ष कन्हैयालाल टण्डनले शर्मा, अच्यूत प्रसाई र सशितचन्द्र अग्रवाललाई मनोनित गरे । अनि सुरु भयो शर्माको संघ यात्रा । जतिबेला शर्मा संघमा प्रवेश गर्दै थिए, त्यसबेला संघमा निर्वाचन हुँदैन्थ्यो । एक पन्नाको भरमा बिधान थियो । पछि उनीहरुले पहल गरेर बिधान बन्यो भने निर्वाचन पनि भयो । शर्मा तीन कार्यकाल उपाध्यक्ष भए । २०६६ मा अध्यक्ष निर्वाचित भए ।

सुनिलकुमार शर्माको कार्यसमिति यस्तो थियो

सुनिलकुमार शर्मा
अध्यक्ष
दामोदर आचार्य
निर्बतमान अध्यक्ष
सतीश कुमार अग्रवाल
प्रथम उपाध्यक्ष
नन्दलाल बैश्य
द्धितीय उपाध्यक्ष
श्यामकुमार शर्मा
महासचिव
बिष्णुप्रसाद गौतम
उपमहासचिव
तनवीर जमाल हल्वाई
कोषाध्यक्ष
कार्यसमिति सदस्य
रचना श्रेष्ठ
सन्तोषकुमार कनोडिया
बलकृष्ण रस्तोगी
शंकरबहादुर थापाक्षेत्री
अब्दुल वाहिद मन्सुरी
आदेशकुमार अग्रवाल
प्रदीपकुमार अग्रवाल
ललितकुमार रौनियार
पुरुषोत्तम शर्मा
प्रदीपकुमार छाजेड ( एशोसियट)
कन्हैयालाल बैद्य ( एशोसियट)
कपिलप्रसाद अधिकारी ( बरिष्ठ सदस्य)
बन्दना सिंह
महिला सदस्य
मायादेवी गुरुगं
महिला सदस्य
उमाशंकर केशरवाल
बिष्णुप्रसाद भुषाल
मनोनित सदस्य

सन्र्दभ सामाग्री : नेपालगन्ज उद्योग वाणिज्य संघको स्वर्ण वर्ष स्मारिका ।

प्रकाशित मितिः     ४ पुष २०७५, बुधबार ०८:०७  |