ल्वाङ र सुपारी रुपैडियाको भन्दा नेपालगन्जकै सस्तो


बाँके :  सीमावर्ती भारतीय बजार रुपैडियाको भन्दा नेपालगन्जमै सस्तो र गुणस्तरिय ल्वाङ र सुपारी जस्ता सामाग्री पाईने व्यवसायीहरुले बताएका छन् । सस्तो र गुणस्तरिय ल्वाङ र सुपारी नेपालगन्जमै पाइने भएपनि नेपाली सेवाग्राही रुपैडियामा जाने गरेकाले आफुहरुको व्यवसाय राम्रोसंग चल्न सकेको उनीहरुको तर्क छ ।
नेपालगन्जको रानी तलाउ क्षेत्रमा ल्वाङ र सुपारी जस्ता सामाग्रीको होलसेल र खुद्रा बिक्री बितरण हुन्छ । लहरै लागेर पसलहरु खुलेका
छन् । तर त्यहाँ रुपैडियाको भन्दा कम चमक छ । दुई वर्षदेखि ल्वाङर सुपारी बिक्री गर्दै आएका नन्कु गुप्ताले सस्तोको
लोभमा नेपाली ग्राहकहरु रुपैडिया पुगेपनि नेपालगन्जमै सस्तो पाइने बताए । उनले भने,—‘सस्तो त नेपालगन्जमै छ । तर धेरैले बुझ्नु भएकै छैन ।’ आफुहरुले सस्तोमा पनि र राम्रो पनि सामाग्री बिक्री गर्ने गरेको गुप्ताले बताए ।

खुद्रा व्यवसायीहरुका अनुसार अहिले सुपारीको मूल्य प्रतिकेजि ३ सय ४० देखि ३ सय ६० सम्म छ । सुकमेल प्रति पाउ चार सय, ल्वाङ्ग प्रति पाउ ३ सय, कालो मरिच प्रति पाउ १ सय ३५, तेज पत्ता प्रतिकेवि १ सय २०, कालो इलैची एक हजार प्रति केजिसम्म बिक्री भइरहेको छ । ‘तर यही मुल्यमा तपाईले रुपैडियामा पाउनुहुन्न ।’ — ल्याङ्ग र सुपारीको खुद्रा बिक्रेता महबुब अलिले भने ।  ‘रुपैडियामा सस्तो पाईन्छ भन्ने सोंच छ हाम्रो । त्यही भएर सबै त्यहाँ पुग्ने गर्छन । तर राम्रो र सस्तो हामीसंगै छ ।’ महबुबले भने,—‘यसका बारेमा धेरैलाई जानकारी गराउन आवश्यक छ ।’ नेपालगन्जको ल्याङ्ग र सुपारी कर्णाली प्रदेशसम्म पुग्ने गरेको छ ।

प्रकाशित मितिः     ४ पुष २०७५, बुधबार १९:०२  |