संस्थागत र मण्टेश्वरी बिद्यालयलाई नेपालगन्ज उपमहानगरमा व्यवसाय दर्ता अनिवार्य


बाँके : नेपालगन्जका संस्थागत बिद्यालय र मन्टेश्वरी अब अनिवार्यरुपमा उप—महानगरपालिकाकामा व्यवसाय दर्ता गर्नुपर्ने भएको छ । उपमहानगरपालिकाको शिक्षा शाखाले बुधवार एक सूचना जारी गर्दै सम्पूर्ण नीजि बिद्यालय र मन्टेश्वरीलाई पुस २० गतेभित्र उपमहानगरपालिका भित्र व्यवसाय दर्ता गराउन निर्देशन दिएको छ ।
समयसिमा भित्र व्यवसाय दर्ता नगरे शिक्षा शाखाबाट हुने परीक्षा, कार्यक्रम, कक्षा थप, हस्तान्तरण सम्बन्धी कार्यक्रममा सहभागि नगराउने चेतावनी समेत दिईएको छ । व्यवसाय दर्ता मात्र नभई बिद्यालयहरुले नगरपालिकाले तोकेको कर, राजश्व, घरभाडा, गरे नगरेको बिबरण समेत पेश गर्न भनिएको छ ।
त्यस सम्बन्धका बिबरणहरु पुस २० गतेभित्र पेश गर्न निर्देशन दिईएको शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिका भित्र ७० बढि बिद्यालय छन् । मण्टेश्वरी भने कानुनी दायराभित्र आउन सकेका छैनन् । अब त्यसको बिबरण संकलन गरेपछि मण्टेश्वरीको अवस्थाका बारेमा जानकारी शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले जानकारी दिए ।

प्रकाशित मितिः     ४ पुष २०७५, बुधबार १७:५२  |