महिला उद्यमीलाई दिने ऋणको दायरा बढाउन सुझाव


बाँके :  महिला उद्यमशिलता विकास कोषको रकम बृद्धि गरिनुपर्ने बाँके महिला उद्यमीहरुले जोड दिएका छन् । महिला उद्यमीलाई प्रोत्साहन गर्नका लागि सरकारले सन्चालन गरिरहेको उक्त कोषको रकम कम भएको गुनासो गर्दै बाँकेका महिला उद्यमीहरुले ऋणको दायरा बढाउन सुझाव दिए ।
महिला उद्यमी संघ बाँकेको व्यवस्थापन र महिला उद्यमी महासंघ केन्द्र आयोजनामा बुधवार नेपालगन्जमा उक्त कोषका बिषयमा महिला उद्यमी र सरोकारवाला निकायबीच छलफल भएको थियो । छलफलका क्रममा महिला उद्यमीहरुले हाल रहेको एक लाख देखि ५ लाखसम्मको ऋणको दायरालाई बढाएर २५ लाखसम्म बनाउनुपर्ने सुझाव दिए । अझै धेरै महिलाहरुलाई उक्त कोषका बिषयमा जानकारी नभएकाले प्रचारप्रसारमा ध्यान दिनुपर्नेमा समेत जोड दिईएको थियो ।
‘ ऋणको दायरा बढाउने र अझ यसलाई सबै महिलाको पहुँचमा पु¥याउने बिषयमा जोड दिइएको थियो ।’— अगुवा महिला उद्यमी रेवती सिंहले भनिन्—‘अन्य सरोकारवाला पक्षले पनि कार्यक्रम कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा आफ्ना धारणा राख्नुभएको
थियो ।’ उद्योग सन्चालन भएको एक वर्ष पुगेका महिला उद्यमीहरुलाई सहज र सरल तरिकाले ऋण दिन यस्तो कोष खडा गरिएको हो । जसको ब्याजदर ५ प्रतिशत मात्र छ ।


    बाँके जिल्लामा २२ वटा प्रस्ताव स्वीकृत भएको छ । उनीहरुले दाबी गरेको ४५ लाख ६० हजार ऋण पनि स्वीकृत भएको घरेलु तथा साना उद्योग महासंघको बेयवसाईडमा उल्लेख गरिएको छ । सस्तो र सहज तरिकाले प्रदान गरिने ऋणको दायरा फराकिलो बनाउन आवश्यक देखिएको महिला उद्यमीहरुले बताएका छन् ।

प्रकाशित मितिः     ४ पुष २०७५, बुधबार १६:०२  |
error: Content is protected !!