२०१८ : होन्डा अमेज गुगलमा सबैभन्दा बढी सर्च हुने कार


होन्डा अमेज गुगलमा सबैभन्दा बढी सर्च हुने कार बन्न सफल भएको छ । गुगलले २०१८ मा आफ्नो सर्च रिपोर्ट सार्वजनिक गरेको छ । यस प्रकारको रिपोर्ट बिजनेसको लागि निकै महत्वपुर्ण हुने गरेको छ । जसको कारण ग्राहकहरुले कस्तो ब्रान्डलाई बढी प्राथमिकता दिने गरेका छन् भन्ने जानकारी पाउन सकिन्छ ।

यद्यपि गुगलको यो सर्च रिपोर्टको सूचीमा टाटा ह्यारियर जस्ता निकै चर्चित कार समेत परेका छैनन् । २०१७ मा सबैभन्दा बढी सर्च गरिएको मारुती सुजुकीको बेस्ट सेलिङ कार स्विफ्ट पनि सो लिस्टमा रहेको छैन ।

१. होन्डा अमेज
सन् २०१८ मा गुगलमा सबैभन्दा बढी होन्डा अमेज सर्च गरिएको छ । यही वर्ष लन्च गरिएको सो कार ग्राहकहरुको बीच निकै आकर्षक बन्न सफल भयो । होन्डा अमेज पेट्रोल र डिजेल इन्जिनको साथमा म्यानुअल र अटोमेटिक दुबै भेरिएन्टमा उपलब्ध छ ।

२. महिन्द्रा मराजो
हालै लन्च गरिएको महिन्द्रा मराजो गुगलको सर्च रिपोर्टको लिस्टमा दोस्रो नम्बरमा पर्न सफल भएको छ । महिन्द्राको सो पपुसर एमपीभीमा बडी अन फ्रेम कन्स्ट्रक्सन र रुफ माउन्टेड एसी फर रियर प्यासेन्जर जस्ता फिचर्सको कारण ग्राहकहरुको ध्यान आकर्षित गर्न सफल भएको छ ।

३. टोयोटा यारिस
गुगलको लिस्टमा तेस्रो नम्बरमा पर्न सफल टोयोटा यारिस कार बजारमा त्यति धेरै बिक्री हुन सकेको छैन । तर पनि धेरै सर्च गरिएको सूचीमा यो तेस्रो नम्बरमा रहन सफल भयो । टोयोटा यारिस सुपेरियर कम्फर्ट, सुविधा र एडभान्स सेफ्टी फिचर्सको रुपमा निकै चर्चित कार हो ।

४. हुन्डाई स्यान्ट्रो
लन्च गरिएको केही समयमै ४० हजार बुकिङ गरिएको हुन्डाई स्यान्ट्रो कार गुगलको सर्च रिपोर्टमा चौथो नम्बरमा पर्न सफल रहेको छ । सो कार २०१८ मा सबैभन्दा सफल कार मानिएको छ । कम्पनीले सो कारमा स्टाइलिस टलब्वाई डिजाइन गरेको छ । नयाँ स्यान्ट्रोमा लेटेस्ट टेक्नोलोजी फिचर्स दिइएको छ ।

५. फोर्ड फ्रिस्टाइल
२०१८ मा लन्च गरिएको फोर्ड फ्रिस्टाइलमा नयाँ इन्जिन र ट्रान्समिसन जडान गरिएको छ । सो कार फोर्डको दोस्रो सबैभन्दा बढी बिक्री भएको कार हो । कम्पनीको पहिलो सबैभन्दा बढी बिक्री हुने कार इकोस्पोर्ट हो । फोर्ड फ्रिस्टाइलमा ६ एयरव्याग, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, एबीएस र ईबीडी जस्ता फिचर्स रहेको छ ।

६. मारुती सुजुकी अर्टिगा
हालै लन्च गरिएको मारुती सुजुकि अर्टिगामा नयाँ १.५ लिटरको पेट्रोल इन्जिन जडान गरिएको छ साथै लेटेस्ट फिचर्स पनि समावेश गरिएको छ । सुजुकीको सो कार हर्टेक्ट प्लेटफर्ममा उत्कृष्ट रहेको छ जसले राम्रो परफर्मेन्स र फ्युल इफिसियन्सी अफर गर्छ ।

७. जिप रेङलर
जिपको यो निकै चर्चित एसयूभी भारतमा टेस्टिङको समयमा देखिए पछि नै धेरै चर्चामा आएको थियो । जिप रेङलरले सन् २०१७ मा लस एन्जेलस अटो शोमा ग्लोबल डेब्यु गरेको थियो ।

८. बीएमडब्ल्यु ६जीटी
आठौ स्थानमा पर्न सफल बीएमडब्ल्यु ६जीटी २०१८ दिल्ली अटो एक्सपोमा सार्वजनिक गरिएको थियो । बीएमडब्ल्यु ६जीटी कम्पनीको ५ सीरीज कारको तुलनामा निकै लग्जरी र स्पेसियस मानिन्छ । सो कार त्यस्ता ग्राहकवर्गहरुको लागि राम्रो मानिन्छ जसले बीएमडब्ल्यु बाहेक अन्य कार चलाउन रुचाउँदैनन् ।

९. बीएमडब्ल्यु एक्स३
बीएमडब्ल्यु एक्स३ दिल्लीमा भएको अटो एक्सपोमा सार्वजनिक गरिएको थियो । सो कार सेकेण्ड जेनेरेसनको रिप्लेसमेन्टमा तयार पारिएको थियो । बीएमडब्ल्यु एक्स३ को तुलना रेन्जरोभर इभोक, आउडी क्यु५ तथा मर्सिडिज बेन्जसँग गरिन्छ ।

१०. महिन्द्रा अल्टुरस जी४
उत्कृष्ट १० मा पर्न सफल महिन्द्रा अल्टुरस जी४ फुल साइज एसयुभी केही दिन पहिले भारतीय बजारमा प्रवेश भएको छ । जसलाई ग्लोबल मार्केटमा नेक्स्ट जेनेरेसन साङयोङ रेक्सटन नामले बेचिने छ । यो भारतको पहिलो कार हो जसले प्रिमियम सेगमेन्टको फुल साइज एसयुभी टोयोटा फच्र्युनर र फोर्ड एन्डेभरसँग प्रतिस्पर्धा गर्नेछ ।

www.Nepalauto.com बाट साभार गरिएको ।

प्रकाशित मितिः     ४ पुष २०७५, बुधबार २०:१२  |