बहसमा आर्थिक हब : नेपालगन्जमा शुक्रबार बृहद छलफल गरिदै


बाँके :  नेपालगन्जलाई आर्थिक हबका रुपमा विकास गर्नका लागि के कस्ता कार्यहरु अगाडी बढाउन सकिन्छ भन्ने बिषयमा शुक्रबार बृहद छलफल हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा यस क्षेत्रका उद्योगी, व्यवसायी, नागरिक समाजका अगुवा, आर्थिकक्षेत्रका बिज्ञ लगायतको सहभागिता हुने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बताए ।
संघको साधारणसभा आउने शनिबार हुँदेछ । उक्त साधारणसभाका् उद्घाटन सत्रमा प्रमुख अतिथीका रुपमा आउन लागेका अर्थमन्त्री डा. युवराज खतिवडालाई शुक्रबारको बृहद छलफलबाट निस्किने निष्कर्ष सहितको ज्ञापनपत्र बुझाईने बैश्यले बताए । ‘ नेपालगन्जलाई कर्णाली, सुदूरपश्चिम र ५ नम्बर प्रदेशको आर्थिक हबका रुपमा विकास गर्न के कसरी अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा छलफल हुन्छ’– अध्यक्ष बैश्यले भने ।


प्रकाशित मितिः     ५ पुष २०७५, बिहीबार २०:२३  |
error: Content is protected !!