नेफ्स्कूनको २७ औं साधारणसभा काठमाडौमा शुरु


काठमाण्डौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को २७ औं साधारणसभा आजदेखि काठमाडौंमा शुरु भएको छ । प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले समृद्धिको दिप प्रज्वलन गरी साधारणसभाको उद्घाटन गर्नुभयो । मन्त्री अर्यालले कार्यक्रम उद्घाटनसँगै नेफ्स्कून स्मारिका २०७५ को विमोचन गर्नुभएको थियो भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनालीले नेफ्स्कून एन्ड्रोइड मोवाइल एप्सको औपचारिक उद्घाटन गर्नुृभएको थियो ।

समुद्घाटन समारोहलाई संवोधन गर्ने क्रममा मन्त्री पद्मा अर्यालले सहकारी आर्थिक विकासका प्रमुख तीन मध्येको एक हो,  यी तीनवटै खम्बालाई समान ढंगले सँगसँगै अगाडि बडाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सहकारी अभियान जुन ढंङ्गले अगाडि बढ्न खोज्दैछ, त्यसमा सहकारी अभियानका अगुवाहरुको विचारलाई महत्व दिएर ऐन संशोधन गर्नुपर्ने विषयहरुलाई सहकारी मैत्री तबरले संशोधन गरी तत्काल नियमावली बनाएर हात हातमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । दुई दिनसम्म चल्ने साधारणसभामा देशभरका साकोस प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको छ । साधारणसभाको पहिलो दिन सभाको औपचारिक उद्घाटन सहित समसामयिक विषयहरुमा प्रस्तुतीकरण भएको थियो ।


आन्तरिक राजश्व कार्यालय त्रिपुरेश्वरका प्रमुख अधिकृत शरद निरौलाले वित्तीय सहकारीमा कर व्यवस्थापन, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटाले सहकारीमा सूचनाको हकः कार्यान्वयन र चुनौती, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनालीले तहगत सहकारी ऐन कार्यान्वयनका सम्भावना र चुनौती विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल, प्रदेश सभा सांसद पशुपती चौलागाई, तरालामा तामाङ, नेफ्स्कूनका पूर्व महासचिव एवं माननीय प्रतिनिधिसभा सांसद घनश्याम खतिवडा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली, सहकारी विभागका रजिष्ट्रार शिव कुमार कार्की, संघका पूर्व अध्यक्ष एवं सल्लाहकारहरु क्रमशः कैलाशभक्त प्रधानाङ्ग, मीनराज कँडेल, ऋषिराज घिमिरे, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेल, रा.स.बैंकका सञ्चालक के.बी. उप्रेती लगायत विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । साथै संघको ३१ औं स्थापना दिवसको अवसरमा घोषित पुरस्कार, कदरपत्र, सम्मानपत्र, प्रशंसापत्रबाट सम्मानित संघ/संस्था तथा व्यक्तिहरुलाई पुरस्कृत भएको विवरण प्रस्तुत गर्दै प्रमुख अतिथि एवं विशिष्ट अतिथिहरुबाट कदरपत्र, सम्मानपत्र, प्रशंसापत्र लगायत मायाको चिनो प्रदान गरिएको थियो ।

प्रकाशित मितिः     ५ पुष २०७५, बिहीबार २१:०७  |
error: Content is protected !!