नेपालगन्जमा पनि भित्रिदै फ्लोरी कल्चर


बाँके : महिला उद्यमी संघ बाँकेले यहाँका महिला उद्यमीहरुलाई एक दिने फुलको बुकी बनाउने तालिम प्रदान गरेको छ । नेपालगन्जमा फ्लोरी कल्चर भित्राउने अभियान अन्र्तगत आईतबार उक्त तालिम दिईएको थियो । तालिमम दर्जन बढि महिला उद्यमीहरुको सहभागिता थियो । उक्त तालिममा बिभिन्न प्रकारका माला बनाउन पनि सिकाइएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा तालिमको अवलोकन गर्दै महिलाहरुलाई उद्यमक्षेत्रमा लाग्न प्रोत्साहित गरिन । उद्यमक्षेत्रमा महिला सक्रिय बन्नुपर्ने उनको भनाई थियो । फ्लोरी कल्चर यसोसेसनको केन्द्रिय सदस्य बासन्ती प्रधानले महिला उद्यमीहरुलाई प्रशिक्षण दिएकी थिईन । नेपालगन्जमा पुष्प व्यवसायभ ए पनि आउटेलटका रुपमा फुलका बुकी बनाएरै बिक्री हुने गरेको पाईदैन ।
नेपालगन्जमा अब भने यसको व्यवसायिकरुपमा काम सुरु हुन लागेको छ । महिला उद्यमी बिन्दुचर्ती मगरले एक महिना तालिम लिएपछि अब नेपालगन्जमा व्यवसाय सुरु गर्दै छिन् । उनले ग्रिन हाउस बनाएर काम सुरु गर्न लागेको बताईन । नेपालगन्जमा आउटलेटका रुपमा फुलको व्यवसाय हुने गरेको छैन । यस्ता फुलहरु भरतबाट मगाउनुपर्ने अवस्था छ ।


प्रकाशित मितिः     ८ पुष २०७५, आईतवार २१:०७  |
error: Content is protected !!