अन्यौलमा निकासी प्रवद्र्धन केन्द्र नेपालगन्ज


बाँके :  प्रदेश ५, ६ र ७ को निकासी व्यापार बृद्धि गर्नका लागि प्रवद्र्धनात्मक कार्यहरु गर्दै आएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र नेपालगन्ज कार्यालय अब रहनेकी नरहने अन्यौलमा छ । राज्यको पुर्नसंरचना पछि यस्ता कार्यालयहरु खारेज हुने वा अन्य कुनै बिधिबाट सन्चालन हुने हुन भन्ने अहिलेसम्म टुंगो लागेको छैन ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र नेपालगन्ज कार्यालय अहिले सुनसान जस्तै छ । एक जना बरिष्ठ सहायकस्तरका कर्मचारी मात्र कार्यालय छन् । पर्याप्त कर्मचारी नभएकाले कार्यालयका कोठाहरु खाली छन् । बिगतका वर्षमा प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको सो कार्यालयमा त अहिले त्यस्ता कार्यक्रम पनि छैनन् । उक्त कार्यालयले मेला, महोत्सव जस्ता कार्यक्रमलाई केन्द्र तहबाट दिने सहयोगको मुल्यांकन र सिफारिस गर्दै आएको थियो । अहिले उक्त काम भने गरिरहेको छ ।
त्यसबाहेक कार्यालय चलाउने बाहेक अन्य खर्च छैन । ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्र नेपालगन्जका निमित्त प्रमुख मनिकुमार रंजितले कार्यालयका बिषयमा अहिले खासै बोल्ने बेला नभएको बताए । तत्काल कार्यक्रम नभएपनि पछि आउने बताएका रंजितले अहिले समाचार बनाईहाल्ने बिषय केही नभएको प्रतिक्रिया दिए ।  स्रोतका अनुसार उक्त कार्यालय अब नेपालगन्जमा रहन्छ वा रहन्न र रहेपनि कुन संरचना सहित रहन्छ भन्ने टुंगो छैन । यस सम्बन्धमा ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको केन्द्रीय सूचना अधिकारी शान्तीदेवी मल्लसंग कुराकानी हुँदा अहिले एकिनका साथ बेला भन्न नसकिने बताईन । उनले कार्यालय अब कसरी रहने भन्ने बिषयमा केन्द्र तहमा छलफल जारी रहेको बताईन । उनले जिल्ला तहमा बजेटकै कारण कामहरु रोकिने अवस्था भने नरहेको  जानकारी दिइन । केन्द्रसंग छलफल गरी नेपालगन्ज कार्यालयले कार्यक्रम बनाउन सक्ने बताईन ।


प्रकाशित मितिः     ८ पुष २०७५, आईतवार १८:५७  |
error: Content is protected !!