अध्यक्षलाई स्पष्टीकरण, बरिष्ठ उपाध्यक्षको अध्यक्षतामा अधिवेशन गर्ने चेतावनी


बाँके : अधिवेशनको बिषयलाई लिएर होटल व्यवसायी संघ, बाँकेमा बिबाद समाधान हुनुको साटो झन् बल्झिएको  छ । बुधवार गर्ने भनिएको १५ औं साधाणसभा तथा ९ औं अधिवेशन अध्यक्ष निमबहादुर थापाले एकल निर्णयका आधारमा स्थगित गराएको भन्दै मंगलबार बरिष्ठ उपाध्यक्ष उमा डाँगी ग्राण्डनको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष थापालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
बैठकपछि बरिष्ठ उपाध्यक्ष ग्राण्डन र महासचिव भिम कंडेलले जारी गरेको प्रेस बिज्ञप्तीमा अध्यक्ष थापालाई तीन दिनभित्र स्पष्टिकरण दिन भनिएको छ । उक्त समयमा दिईएको स्पष्टिकरण चित्तबुझ्दो नभए बरिष्ठ उपाध्यक्षको अध्यक्षतामा साधारणसभा तथा अधिवेशन गर्ने निर्णय भएको जानकारी दिईएको छ । बिज्ञप्तीमा अध्यक्षले बहुमत कार्यसमितिको असहमति हुँदाहुँदै एकल निर्णयका आधारमा अधिवेशन स्थगित भएको सुचना पत्रिकामा प्रकाशित गरेको आरोप लगाईएको छ ।

प्रकाशित मितिः     १० पुष २०७५, मंगलवार २०:०३  |