नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष केशरवालको निधन


बाँके :   नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष उमाशंकर केशरवालको निधन भएको छ । दिल्लीमा उपचारमा रहेका बेला केशरवालको निधन भएको नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले जानकारी दिए । केशरवालको पार्थिव शरिर आजै बुधवार नेपालगन्ज ल्याउने तयारी भइरहेको चुन्नाले बताए ।
केशवरवाल नेपालगन्जको उद्योग, व्यवसायका क्षेत्रमा सक्रिय थिए । उनी नेपालगन्ज उद्योग वाणिज्य संघको बिभिन्न कार्यसमितिका रहेर यस क्षेत्रको आर्थिक विकासमा लागेका थिए । उनको निधनले नेपालगन्जले आर्थिक र सामाजिकक्षेत्र स्तब्ध भएको संघका प्रथम उपाध्यक्ष चुन्नाले बताए । केशवरवाल २०५३ सालका संघका अध्यक्ष अच्युत प्रसाईको कार्यकालमा कोषाध्यक्ष थिए । त्यस्तै शतीशचन्द्र अग्रवालको कार्यकालमा उपाध्यक्ष थिए । यस्तै दामोदर आचार्य नेतृत्वको कार्यकालमा कार्यसमितिमा थिए ।

  नेपाल उद्योग वाण्ज्यि संघका पूर्व कार्यसमिति सदस्य प्रदिप गुप्ताले केशरवालले आफ्नो जीवनकालमा संघ र नेपालगन्जका व्यवसायिहरुको हितमा गरेको कामको संधै सम्झना भइरहने बताए ।

प्रकाशित मितिः     ११ पुष २०७५, बुधबार १२:०३  |