सिमामा सशस्त्र प्रहरी र एसएसबीको संयुक्त गस्ती


भगतराम थारु
बाँके : नेपाल भारत सिमानामा सशस्त्र प्रहरी र भारतीय सिमा सुरक्षावल एसएसबीले बिहीवार सयुक्त अनुगमन तथा निरिक्षण गरेका
छन् । नेपाल भारत पर्ने सिमानामा शसस्त्र प्रहरी, नेपाल प्रहरी, भारतीय एसएसवी र पत्रकारको सयुक्त टोलीले सिमानाको अनुगमन तथा निरिक्षण गरिएको हो ।
भारतले एकतर्फी रुपमा दशगजा छेउमै सडक निर्माण गरेपछि शसस्त्र प्रहरीले त्यसतर्फ ध्यानाकर्षण भई निरिक्षण गरिएको हो । निरिक्षणका क्रममा भारतले नेपालगन्ज–१५ पिप्रहवा क्षेत्रमा निर्माण गरिरहेको सडक दशगजा छेउमै निर्माण गरिरहेको छ । नेपालतर्फ सुनसान भएपनि दशगजाछेउमै भारतीय पक्षले तटबन्धजस्तो सडक विस्तार गरिरहेपछि के कस्तो कार्य हुदैछ भन्ने बारे अनुगमन तथा निरिक्षण गरिएको हो ।
बाँकेको दक्षिण तिर सिमानामा पर्ने नरैनापुर देखि क्षेत्रमा तटबन्धजस्तो सीमा सडक निर्माण गरी कालोपत्रे गरिसकेको भारतीय पक्षले नेपालगन्ज सीमामा सडक विस्तारको कामलाई तीव्रता दिएको हो । नेपालगन्ज उपमहानगर–१५ पिप्रहवा क्षेत्रमा हाल धमाधम सडक निर्माण भइरहेको छ । यसअघि पनि सीमा सडकबारे सर्वसाधारणले स्थानीय प्रशासनलाई जानकारी गराएका थिए तर, नेपाल सरकारले कुनै चासो नदिँदा सडक विस्तारको कामले निरन्तरता पाएको हो । सशस्त्र प्रहरी गण ३० नम्बर बाहिनीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले भारतले निर्माण गरिरहेको सडकबारे बाँकेका सुरक्षा अधिकारीसँग छलफल गरिरहेको बताए । भारतले आफ्नो भुमिमा सडक विस्तार गरे खासै फरक नपर्ने उनले बताए ।
अनुगमनका क्रममा भारतले अन्तराािष्ट्रय नियम प्रयोग गरि नै निर्माण कार्य गरिरहेको पाईएको जानकारी गराए । दुई मुलुकको सीमाजस्तो संवेदनशील विषय भएका कारण समस्या आए दुवै देशका सुरक्षा निकायसंग समाधानका लागि पहल गरिने उनले बताए । भारत सीमासँग जोडिएको बाँकेको ६५ किलोमिटर क्षेत्रलाई जोडेर तटबन्धजस्तो सडक निर्माण भइरहेको छ । पूर्व कटकुइँयादेखि सुरु गरिएको सडक निर्माणको काम नेपालगन्जसम्म आइपुगेको छ । तटबन्धजस्तो सडकले बाँकेका सबै क्षेत्र डुबानमा पर्ने भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन । भारतीय पक्षले फेरि पनि बाँकेको सीमासँगै जोडेर ३० मिटर चौडाइ र ३ मिटर अग्लो तटबन्धजस्तो सडक निर्माण गरेपछि जिल्ला डुबानको खतरामा परेको हो । पूर्वी क्षेत्रमा निर्माण गरिएको सीमा सडकमा कालोपत्रेसमेत भइसकेको छ ।

प्रकाशित मितिः     १२ पुष २०७५, बिहीबार १८:०२  |