नेपालगन्ज उद्योग वाणिज्य संघले फाल्गुणमा प्रादेशिक महोत्सव गर्ने


बाँके : नेपालगन्ज उद्योग वाणिज्य महासंघ महोत्सवको तयारीमा जुटेको छ । गत वर्ष प्रथम प्रादेशिक महोत्सव आयोजना गरेको संघले यसपटक पनि प्रादेशिकस्तरिय महोत्सवको गर्न लागेको अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए ।
फागुण १६ गतेदेखि २६ गतेसम्म महोत्सव आयोजना गर्ने गरी तयारी भइरहेको छ । महोत्सवको औपचारिक घोषणा शुक्रबार गरिने छ । शुक्रबार साढे दश बजे पत्रकार सम्मेलन मार्फत महोत्सवका बारेमा जानकारी दिन लागिएको संघले जनाएको छ ।


प्रकाशित मितिः     १२ पुष २०७५, बिहीबार १८:१४  |
error: Content is protected !!