उच्च शिक्षा पुर्वाधार विकास अनुदानका लागि बाँके यि क्याम्पस छनौटमा परे


बाँके :  प्रदेश नम्बर ५ सामाजिक विकास मन्त्रालयले उच्च शिक्षा पुर्वाधार विकास सहयोग तथा सामुदायिक क्याम्पस गुणस्तर सुधार अनुदानका लागि बाँकेका चारवटा सामुदायिक क्याम्पसलाई छनौट गरेको छ । छनौट भएका क्याम्पसहरुमा राप्तीसोनारी गाउँपालिकाको जनसिद्धेश्वर बहुमुखी क्याम्पस, कचनापुरको लक्ष्मी सामुदायिक बहुमुखी क्याम्पस, खजुरा गाउँपालिकाको ज्ञानोदय बहुमुखी क्याम्पस रहेका छन् । ज्ञानोदय बहुमुखी क्याम्पसले दुई शिर्षकमा अनुदान कार्यक्रममा छनौट भएको देखिएको छ ।
राप्तीसोनारी गाउँपालिकाको सिद्धेश्वर बहुमुखी क्याम्पसलले रु १५ लाख, लक्ष्मी सामुदायिक क्याम्पसले रु २० लाख र ज्ञानोदय बहुमुखी क्याम्पसले उच्च शिक्षा पुर्वाधार विकास सहयोग अन्र्तगत शैक्षिक गुणस्तरका लागि रु ५ लाख अनुदानका लागि छनौट भएको छ । ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस पुर्वाधार विकास सहयोग अन्र्तगत भवन निर्माणका लागि ३० लाख अनुदानका लागि छनौट भएका छन् ।
पुस १० गते बसेको सामाजिक विकास मन्त्रालयको मन्त्रिस्तरिय बैठक र बिहिवार प्रदेश सरकार अन्र्तगतको शिक्षा विकास निर्देशनालयको निर्णय अनुसार बाँके लगायत बिभिन्न जिल्लाका क्याम्पस अनुदानका लागि छनौट भएका हुन । छनौट भएका क्याम्पसले रकम प्रयोगको सम्बन्धमा आवश्यक प्रस्तावना पत्र, लागत ईष्टिमेट, सम्बन्धित पालिकाको सिफारिस सहित २१ ीदनभित्र सम्झौता गर्न आउन निर्देशन समेत दिईएको छ ।

प्रकाशित मितिः     १२ पुष २०७५, बिहीबार १९:१६  |