नेपालगन्जमा हुने प्रादेशिक महोत्सव सफल पार्न २१ वटा उपसमिति गठन, उपसमितिमा को -को ?


बाँके : नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुण १६ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागिएको प्रादेशिक महोत्सव २०७५लाई सफल बनाउन बिभिन्न उपसमिति गठन गरिएको छ । स्थानीय उद्योगलाई प्रर्बधन गर्ने र बहुउदेश्यि सभागृह निर्माणका लागि गर्न लागिएको महोत्सव बिगतको भन्दा फरक हुने संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए । शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी संघले महोत्सवको औपचारिक घोषणा गरेको हो ।
संघका अध्यक्ष बैश्यले बिगतका महोत्सवहरुबाट पाठ सिक्दै यसपटक बहुआयामिक बनाउन लागिपरेको बताए । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपालगन्जलाई आर्थिकरुपमा चिनाउनका लागि महोत्सव उपयोगि सावित हुने बताए । संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले बाहिरबाट आउने उद्योग तथा सामानको स्टल राख्दा स्थानीय सर्बसाधारणहरुले पनि बाह्य उत्पादनका बारेमा जानकारी राख्न पाउने बताए । संघका कोषाध्यक्ष आदेश अग्रवालले महोत्सवका स्थानीय उत्पादनलाई अधिकत्म प्राथमिकतामा राखिने बताए ।
महोत्सव प्रचार प्रसार समितिका संयोजक टंक धामीले महोत्सव सफल पार्न सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । उनले नेपालगन्जको आर्थिक गतिबिधि चलायामान बनाउन महोत्सव उपयोगित हुने पनि बताए ।

महोत्सवको उपसमितिहरु


प्रकाशित मितिः     १३ पुष २०७५, शुक्रबार १४:५४  |
error: Content is protected !!