साइकलको शहर नेपालगन्जमा दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता सुरु


बाँके : नेपालगन्ज मेयर कप साइकल दौड प्रतियोगिताको दोस्रो संस्करणमा सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणाले शनिबार बिहान प्रतियोगिताको उद्घाटन गरे ।
डेढ सयभन्दा बढीले सहभागीता जनाउने भएका छन् । नेपालगन्ज नगरपालिकाको सहयोगमा नेपालगन्ज साइक्लिङ क्लवले आयोजना गरेको साइकल दौड प्रतियोगितामा साधारण र प्रोफेसनल गरी दुई बिधामा प्रतिस्पर्धा हुँदैछ । साधारण विधातर्फ २५ किलोमिटर र प्रोफेसनलतर्फ ५५ किलोमिटर साइकल दौड प्रतियोगिता समावेश गरिएको क्लवका सचिव गगन थापाले जानकारी दिएका छन् । साधारण साइकल दौड वीपी चोकबाट सुरु भई कोहलपुर पीपरी चोकबाट फिर्ता भइ पुनः वीपी चौक पुग्ने छ । त्यस्तै प्रोफेसनल साइकल दौडततर्फ वीपी चोक– कोहलपुर चौराह– च्यामा चोक–सम्झना चोक–खजुरा चोक–धम्बोजी हुँदै वीपी चोकसम्मको रुट तय गरिएको छ । सचिव एवम् कार्यक्रम संयोजक थापाका अनुसार साधारण साइकल दौडमा १ सय २२ जना सहभागि हुँदैछन् । जसमा १ सय ११ पुरुष र ११ महिला छन् । त्यस्तै प्रोफेसनलतर्फ २८ पुरुष र २ महिला छन् ।


गतवर्ष भन्दा यस वर्षको प्रतियोगितामा पुरस्कारको राशी पनि बढाइएको छ । यस वर्षको प्रतियोगितामा प्रोफेसनलतर्फ प्रथम, द्धितिय र तृतियलाई क्रमशः ३५ हजार, ३० हजार र २५ हजार बराबरको साइकल पुस्कार दिईने छ । यसैगरी साधारणतर्फ प्रथम, द्धितिय र तृतियले क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ बराबरको साइकल पुरस्कार प्राप्त गर्ने छन् । नेपालगन्जमा सबैभन्दा प्रयोग हुने साधनका रुपमा साईकल रहेको छ । नेपालगन्जमा सबैभन्दा बढि प्रयोग हुने साधनकारुपमा साइकललाई मानिन्छ ।

प्रकाशित मितिः     १४ पुष २०७५, शनिबार ०८:५८  |
error: Content is protected !!