क्यान महासंघ बाँके उत्कृष्ट जिल्लामा पर्न सफल, अध्यक्ष तिमिल्सेनाले धन्यबाद दिए


बाँके :  कम्प्युटर एशोसियसन नेपाल (क्यान महासंघ )बाँके शाखा देशभरका शाखाहरुमा उत्कृष्ट दुईमा पर्न सफल भएको छ । सांगठनिक र सूचना प्रविधिका क्षेत्रमा राम्रो काम गरेको भन्दै कम्प्युटर एशोसियसन नेपाल महासंघले पुस्कृत गरेको छ । क्यान महासंघको शनिबार काठमाण्डौंमा भएको साधरणसभामा सूचना तथा सन्चारमन्त्री गोकुल बास्कोटाले पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।
उक्त पुरस्कार र प्रमाणपत्र अध्यक्ष भोजराज तिमिल्सेनाले ग्रहण गरेका थिए । पुरस्कार ग्रहण कार्यक्रममा क्यान महासंघ बाँकेका संस्थापक अध्यक्ष एवं हाल केन्द्रीय सदस्य इश्र्वर पोख्रेल, पूर्व जिल्ला अध्यक्ष एवं हाल प्रदेश नम्बर ५ का अध्यक्ष सुदिप शर्मा, कोषध्यक्ष उमा रेग्मी, सदस्य यज्ञराज जोशी लगायतको सहभागिता थियो । पुरस्कार रु १५ हजार रहेको छ । तिमिल्सेनाले नेतृत्व सम्हालेपछि बाँकेमा सुचना प्रविधिसंग जोडिएका बिभिन्न गतिबिधि भएका थिए । अध्यक्ष तिमिल्सेनाले शाखा पुरस्कृत हुनुमा पूर्व अध्यक्ष, कार्यसमिति सदस्य, सन्चारकर्मी लगायत सबैको महत्वपुर्ण भुमिका भएको भन्दै धन्यबाद दिए ।


प्रकाशित मितिः     १४ पुष २०७५, शनिबार १५:०७  |
error: Content is protected !!