होलिकाको ऋण लगानी बढ्यो, साधारणसभा जारी


बाँके :  होलिका बचत तथा ऋण सहकारी संस्थाले यस वर्ष ६ करोड ७५ लाख ४४ हजार रुपैया ऋण लगानी गरेको
छ । गत वर्ष उक्त सहकारीले ६ करोड २९ लाख ५७ हजार ऋण लगानी गरेको थियो । शेयर सदस्यहरुलाई बिभिन्न शिर्षकमा ऋण लगानी गरिएको उक्त सहकारीले जानकारी दिएको छ । होलिकाको अठारौं साधारणसभा अहिले नेपालगन्जको भेरी प्राविधिक शिक्षालयको हलमा सन्चालन भइरहेको छ।
साधारणसभा उद्घाटन सत्रको अध्यक्षता बिजया धितालले गरिरहेकी छन् भने प्रमुख अतिथीमा जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदी रहेका छन् । जिल्लाकै पुरानो सहकारी मध्ये एक हो होलिका । उक्त सहकारीमा यस वर्ष मात्र ४ करोड ३८ लाख ७७ हजार निक्षेप संकलन गरेको छ ।


प्रकाशित मितिः     १४ पुष २०७५, शनिबार १४:४७  |
error: Content is protected !!