दिल्ली चल्यो बस


बाँके : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपालगन्ज -दिल्ली मैत्री बस सेवाको शनिबार नेपालगन्जमा उद्घाटन गरेका छन् । भेरी यातायात प्रालिले सुरु गरेको नेपालगन्ज- दिल्ली बस सेवाको उद्घाटनसंगै मुख्यमन्त्री पोखरेलले बसमा पहिलो पटक यात्रा गर्ने यात्रुहरुलाई फुलमाला र दोसल्ला ओढाएर बिदाई गरे । ब्याण्डबाजाको मंगल धुन र फुल मालाले आर्कषक तरिकाले सजाईएको सुविधा सम्पन्न बस नेपालगन्जबाट दिल्ली तर्फ लागेको छ ।

मुख्यमन्त्री पोखरेलले यातायातका साधनसंग जोडिएसंगै नेपाल भारतबीच रहेको आर्थिक, सामाजिक र धार्मिक सम्बन्धहरु अझ कसिलो बन्ने बिश्वास व्यक्त गरे । यातायातका साधनले भौगोलिक दुरी जतिनै टाडा भएपनि नजिक बनाउने भन्दै मुख्यमन्त्री पोखरेलले नेपालगन्ज आफ्नो देशको राजधानी काठमाण्डौं मात्र नभई छिमेकी देशको राजधानी दिल्लीसंग पनि नजिक भएको बताए । उनले भेरी यातायात प्रालिले बस सेवालाई सुरक्षित र भरपर्दो बनाउने बिश्वास गर्दै त्यसलाई थप प्रोत्साहित गर्न प्रदेश सरकार तयार रहेको र भारत सरकारलाई पनि सुरक्षाको प्रभावकारी व्यवस्था गर्न आग्रह गरे ।

मुख्यमन्त्री पोखरेलले नेपालगन्ज दिल्ली बस सेवा सुविधाजनक र भरपर्दो हुन सके मानसरोवार र पश्चिम नेपालका अन्य पर्यटकियस्थल घुम्न आउने भारतीय पर्यटकहरु हवाई यात्रा गरेर दिल्लीदेखि काठमाण्डौ र त्यसपछि नेपालगन्ज आउने बाध्यता हट्ने बताए । त्यस्ता पर्यटकहरु कम खर्चमै दिल्लीबाट नेपालगन्ज आउन सक्ने उनको भनाई थियो । मुख्यमन्त्री पोखरेले नेपालगन्ज हवाई, सडक र रेल यातायतको सन्जालबाट चाडै जोडिने बिश्वास गर्दै यहाँको भविष्य शुन्दर रहेको पनि बताए ।

कार्यक्रमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणा, नेपालस्थित भारतीय राजदुतावासका सहसचिव निरजकुमार, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपाल लोकतान्त्रिक व्यवसायी महासंघका महासचिव डेकनाथ गौतमले बस यात्राले दिल्ली र नेपालगन्जको दुरी घटाएको बताए । भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले सुविधा सम्पन्न र सुरक्षाका दृष्टिकोणले भरपर्दो सुविधा प्रदान गरिने भन्दै अबका दिनमा ई टिककाट माध्यमबाट सर्बसाधारणहरुलाई टिक किन्ने व्यवस्था मिलाईने
बताए ।

प्रकाशित मितिः     १४ पुष २०७५, शनिबार १७:२०  |