स्नेह होटलले भित्रा्यो साझेदार, बर्दिया र रारामा रिर्सोट खोल्दै


बाँके : नेपालगन्जको तीन तारे होटल स्नेहले भारतको प्रसिद्ध क्लार्क्स इन ग्रुप अफ होटल्सलाई साझेदारका रुपमा भित्रा्एको छ । क्लार्क्सले नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको कम्पनी स्नेहसंगको साझेदारीमा नेपालमा हस्पिटालिटी क्षेत्रमा लगानी गर्ने भएको
हो । क्लार्क्स र राणाको स्नेहा ग्रुपबीच मुलुकका विभिन्न क्षेत्रमा होटलमा संयुक्त लगानी गर्ने गरि सम्झौंता समेत भइसकेको छ । क्लार्क्सले नेपालमा होटलमा लगानी र व्यवस्थापन हेर्ने गरि सम्झौंता गरिसकेको राणाको भनाई उद्धित गर्दै बिजमाण्डु डटकमले यस सम्बन्धी समाचार प्रकाशन गरेको  छ ।
उक्त अनलाईनमा प्रकाशित समाचार अनुसार, वर्दियामा ४० करोड लगानीमा रिर्सोट निर्माण हुने सम्झौता भइसकेको छ । वर्दियामा रिर्सोटका लागि चार विघा जग्गा रहेको र सुरुवातमा वाइल्ड लाइफका लागि आउने पर्यटकलाई लक्षित गरेर रिर्सोट निर्माण गरिने राणाले बताईन् । यो वाहेक रारा, पोखरा र अन्य पर्यटकीय गन्तब्यमा होटल निर्माण गरिने उनले जानकारी दिईन् । ‘हामी मुलुकका विभिन्न स्थानमा तीन, चार र पाँच तारे स्तरको होटल संयुक्त लगानीमा बनाउने सम्झौंता गरेका छौं, उनले भनिन् ।


यो वाहेक क्लार्क्सले नेपालगन्जको स्नेहा होटलसँग साझेदारी सम्झौता गरेको छ । राणाको स्वामित्व रहेको नेपालगंजको पुरानो तीन तारे होटलले क्लार्क्स इनसँग साझेदारी सम्झौता गरेको हो । राणाले क्लार्क्स ग्रुप स्नेहा होटलमा भने व्यवस्थापन हेर्ने गरि आएको बताईन् । साझेदारी सम्झौतासँगै यो होटलको स्नेहा क्लार्क्स इन सुइट्स नामाकरण गरिने भएको छ । क्लार्क्स इनले काठमाडौंमा समेत यसैवर्ष अर्को एउटा होटल आफ्नो संजाल अन्तर्गत संचालनमा ल्याउँदैछ ।
भारतमा मुख्यालय रहेको क्लार्क्स इन ग्रुप अफ होटल्ससँग ८०भन्दा बढी होटल आबद्ध छन् । यो संख्यालाई सन् २०१८ मै एक सय पुर्याउने घोषणा कम्पनीले गरिसकेको छ । दरबार शैलीको पाँच दशक पुरानो संरचनामा उभिएको स्नेहा होटलमा साठ्ठी वटा कोठाका साथै क्यासिनो, स्विमिङ पुल, हेल्थ क्लब, स्पा कन्फरेन्स हल, रेष्टुराँ संचालनमा रहेको छ । तीनतारेबाट चारतारे होटलमा स्तरोन्नती गर्न होटल व्यवस्थापनले पर्यटन मन्त्रालयमा निवेदन पेश गरिसकेको छ ।
विदेशी व्यवस्थापन र ठूलो लगानी सहित नेपालगंज र आसपासमा नयाँ होटल संचालनमा आएपछि प्रतिस्पर्धामा टिक्नका लागी स्नेहा होटललाई ’फेसलिफ्ट’को आवश्यकता महशुस भएको  उल्लेख गरेको छ । बाँकेमा विदेशी व्यवस्थापनमा तीन तारे होटल सिग्नेट इन कृष्णा,कलपत्रु लर्ड्स इनको साथै सुविधा सम्पन्न चारतारे होटल सोल्टी वेष्ट एण्ड र होटल सेन्ट्रल प्लाजा, तीनतारे होटल सिद्धार्थ, होटल किचन हट, होटल सिटी प्यालेस र पप लाइफ संचालनमा रहेका छन् । पर्यटकीय मौसममा कैलाश मानसरोवरको यात्राको लागी आउने भारतीयको लागी नेपालगंज मुख्य प्रवेशद्वार हो । सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेकाले पर्यटन व्यवसायमा स्वदेशी र विदेशी लगानी ओइरिएको छ ।

प्रकाशित मितिः     १५ पुष २०७५, आईतवार १४:११  |