मुख्यमन्त्री पोखरेलले चर्चा गरेको घ्युको निर्यात ठप्प, अचानक भारतले परमिट माग्यो


निकासी ठप्प भएपछि नेपालगन्जमै थन्किएको घ्यु ।

बाँके : भारतीय अवरोधका कारण नेपालगन्ज नाका हुँदै भारत तर्फ घ्युको निकासी पुर्णरुपमा ठप्प भएको छ । कात्र्तिकयता यहाँका निर्यातकर्ताहरुले भारतमा घ्यु निकासी गर्न सकेका छैनन् । पहाडी जिल्लाका पशुपालक कृषकहरुले बिक्री गरेको घ्यु व्यवसायीको गोदामै थन्किएको छ ।
घ्युको प्रमुख निर्यातकर्ता एव प्रतिष्ठित व्यवसायी सञ्जय जैनका अनुसार रुपैडियास्थित भारतीय कस्टमले घ्यु निर्यातका लागि अचानक सेनेटरी इम्पोर्ट परमिट मागेपछि घ्यु निर्यात पुर्णरुपमा ठप्प भएको हो । ‘ अन्तिम पटक कात्र्तिकमा घ्यु भारत निकासी भएको थियो । त्यसपछि पठाउन सकिएको छैन ।’— जैनले भने—‘प्रमुख कारण भन्सार सम्बन्धित भारतमा भएको नयाँ व्यवस्था नै हो ।’ बिगतमा यस्तो व्यवस्था भएको वा भएर पनि कार्यान्वयन नभएको हो भन्ने थाहा छैन । भारतीय कस्टमले अनलाईन सिस्मट सुरु गरेपछि फारम भर्ने क्रममा घ्यु जस्ता पदार्थका लागि नयाँ परमिट अनिवार्य भएको भन्दै माग्न थालेको
छ ।
कुनै मौका नै नदिई भारतीय कस्टमले त्यहाँका व्यवसायीहरुसंग परमिटको माग गरेको थियो । त्यसको सिधा असर नेपालन्जबाट संधै निर्यात हुने घ्युमा परेको छ । त्यस्तो परमिट लिन महिनौं लाग्ने भएकाले कहिले निर्यात सुरु हुन्छ भन्ने थाहा नभएको जैनले बताए । भारतीय व्यवसायीहरुसंग व्यवहारिकताका हिसावले निर्यात गर्न सकिन्छ की भनेर व्यवसायीहरुले छलफल चलाए पनि सफल हुन सकेका छैनन् ।
त्यस्तो परमिट लिन लामो समय लाग्ने भएको र घ्यु जस्तो पदार्थलाई लामो समय स्टक गरेर राख्न नसकिएको भन्दै छिटो प्रक्रियाबाट निर्यातको व्यवस्था गरिदिन यहाँका निर्यातकर्ताहरुले आग्रह गरेका छन् । यस बिषयमा जैनले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलसंग कात्र्तिकमै कुरा राखेका थिए । शनिबार नेपालगन्ज आएका बेला मुख्यमन्त्री पोख्रेलले नेपालगन्जबाट भारतमा निर्यात हुने घ्यु चर्चा गरेका
थिए ।


प्रकाशित मितिः     १५ पुष २०७५, आईतवार १७:३८  |
error: Content is protected !!