भारतीय दुतावासका सहसचिवसंग मेयर राणाले भने—‘ उता सडक बन्ने यता डुबान हुने नहोस्’


बाँके : नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका राप्रपाका नेता डा धवल शमसेर राणाले सिमाक्षेत्रमा भारतले बनाईरहेको बाँध जस्तो सडकले नेपाली भुभाग डुबानमा पर्ने खतरा रहेको भन्दै समस्या समाधानका लागि पहल गर्न भारतीय दुतावासका सहसचिव निरजकुमार जयसवालको ध्यानार्कषण गराएका छन् । शनिबार नेपालगन्जमा आयोजित एक कार्यक्रम मेयर राणा र भारतीय दुतावासका सहसचिव जयसवाल संगै सहभागि थिए ।
उक्त कार्यक्रममा मेयर राणाले सिमाक्षेत्रमा भारतले बनाईरहेको सडकका बिषयमा कुरा उठाएका थिए । भारतले आफ्नो भुभागमा बाटो बनाउने कुरालाई कसैले आपत्ती नजनाउने बताउँदै मेयर राणाले भने, —‘ तर त्यसरी बनाईएका सडकले दक्षिण तिर बग्ने हाम्रा नदीको बहाब रोकेर डुबानमा पार्ने खतरालाई यहाँहरुले बmुभ्नुपर्छ ।’ बाँकेसंग जोडिएका सिमाक्षेत्रमा भारतले बनाएका बाँध र सडकले गर्दा बाँकेमा डुबान हुने गरेको भन्दै यसको तिब्र बिरोध हुँदै आएको छ ।
यही बिषयलाई मेयर राणाले राखेका थिए । हिन्दीमै बोलेका मेयर राणाले भारततर्फ विकास हुने कुरालाई आफुुहरु खुसी नै हुने तर त्यसतर्फ विकास हुँदा नेपालमा डुबान हुने अवस्था आए राम्रो नहुने बताए । ‘एक ठाउँमा हुने विकासले अर्को ठाउमा बिनास ल्याउनु हुँदैन ।’ मेयर राणाले भने । उनले भारततर्फ बाटो बनाउँदा नेपाली बस्ती डुबानमा पर्छ की पर्दैन भनेर बुझिदिन आग्रह गरे ।  मेयर राणा लगायतको कुरा सुनेपछि दुतावासका उपसचिव जयसवालले सबै कुराहरु उच्च तहमा राखिदिने बताए ।

प्रकाशित मितिः     १५ पुष २०७५, आईतवार ०९:२४  |