बाँके : स्थानीय उत्पादनको बजारिकरणका लागि मौलिक पहिचानका साथ अघि बढेको पैंचो पसलले चौथो वर्षमा प्रवेश गरेको छ । आईतबार गुल्मीमा बिशेष कार्यक्रमको आयोजना गरी पैंचो पसलले चौथो वार्षिकउत्सव मनायो ।
वार्षिकउत्सवको प्रमुख अतिथी प्रदेश नम्बर ५ की कृषीमन्त्री आरती पौडेल थिईन भने बिशेष अतिथीमा चिनका लागि नेपाली राजदुत लिलामणी पौडेल थिए । कार्यक्रममा बोल्दै कृषी मन्त्री पौडेलले कृषि उत्पादनको बजारिकरणमा पैंचो पसलले मौलिक काम गरेको बताउँदै आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाईन ।
निर्वाहमुखी खेति गरेर जिवन गुजारा गरिरहेका पहाडी र उच्च पहाडी क्षेत्रका किसानहरुलाई ब्यवसायीक खेती गराउने र बजारको अभावमा खेर गईरहेको त्यस्ता भुभागका कृषि उपजको बजारिकरण गर्ने उद्देश्यले पैंचो पसल स्थापना गरिएको अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । भण्डारी नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हुन । नेपालगन्जमा क्रियाशिल व्यवसायी भण्डारी, कपिल अधिकारी, ध्रुब न्यौपाने, पत्रकार शरण कर्माचार्य र अन्य क्षेत्रबाट राजन पौडेल, केशव न्यौपानेले पैंचो पसल शुरु गरेका हुन । पत्रकार एवं पैंचो पसलका सन्चालक शरण कर्माचार्यले पैंचो पसलको उत्पादन देशभर पुगेको बताए ।
के हो पैंचो पसल ?
बसेपनि शहर,
गांउकै खाने रहर….
निर्वाहमुखी खेति गरेर जिवन गुजारा गरिरहेका पहाडी र उच्च पहाडी क्षेत्रका किसानहरुलाई ब्यवसायीक खेती गराउने र बजारको अभावमा खेर गईरहेको त्यस्ता भुभागका कृषि उपजको बजारिकरण गर्ने उद्देश्यका साथ २०७१ जेठ ७ गते स्थापना भएको एउटा नौलो प्रकारको संस्था हो पैचो पसल प्रा.लि । सुरुमा गुल्मी , पाल्पा र अर्घाखांचीका कृषकहरुबाट उत्पादित तथा संकलित कृषिजन्य वस्तुहरू फलफूल, तरकारी, दलहन, नगदेवाली तथा जडिबुटी खरिद गरी उपभोक्तालाई सुलभ मूल्यमा बिक्री गर्ने उद्देश्यले खोलिएको पैंचो पसल प्रालि स्थापनाको एक वर्ष्भित्रै देश भित्र र बाहिर परिचित बन्न सफल भएको छ । तरकारी र फलफुलको मात्र प्रशोधन गर्ने गरि गुल्मीको रुरु गाबिस ७ मा स्थापना भएको प्रशोधन तथा उत्पादन केन्द्र सहित कृषि उत्पादनहरुलाई पैचो परम्पराका आधारमा सट्टापट्टा गर्ने पैचो पसल प्राली नेपाल कै पहिलो संस्था हो ।
पहाड र उच्च पहाडका दुर्गम ग्रामीण क्षेत्रका कृषकसँगको सहकार्यबाट उत्पादित कृषिजन्य वस्तु फलफुल, तरकारी, दलहन, नगदेवाली तथा जडिबुटीजन्य कच्चा पदार्थ प्रशोधन गरी प्रशोधित सामाग्री उपभोक्तालाई सुलभ मुल्यमा उपलब्ध गराउने उद्देश्यले पैचो पसल प्रा.लि. स्थापना भएको हो ।
के गर्दैैछ पैचो ?
यतिबेला पहाडी गाउँमा उत्पादित विशुद्ध कृषिजन्य उत्पादन पैचो पसलको माध्यमबाट शहरी उपभोक्तामाझ पुगेको छ । उपभोक्ताले पैचोका उत्पादन प्रयोग गर्दा उनीहरूमाझ पहाडी÷उच्चपहाडी स्वाद पुग्ने मात्र नभई गाँउमा बेरोजगार भएका युवाले रोजगारी प्राप्त गर्न सकेका छन् । पैचो उत्पादनको प्रयोगले खाद्यपदार्थमा विदेशी उत्पादन प्रयोग गर्दा बाहिरिने मुद्रा सञ्चित भई राष्ट्रिय अर्थतन्त्रलाई समते सघाउ पु¥याएको छ । .
प्रसिद्ध धार्मिक स्थल गुल्मीको रुरु गांउपालिकाको रिडी बजार नजिकै स्थापित पैचो प्रशोधन उद्योगले जुस, जाम, सस्, अचार, आटो, पिठो, सिन्की, मस्यौरा, केचप, फ्रोजन भेटिजेवल लगायत दर्जनौं कृषिजन्य वस्तुको उत्पादन र प्रशोधन गरिरहेको छ । पैचो पसल गुल्मीको सबैभन्दा बढी कृषि उपज निकासी गर्ने व्यवसायिक कम्पनी हो ।.
पहाडी उत्पादनका तराकरी तथा फलफुलका विशेषताहरू ः
१, पहाडी उत्पादनहरू स्वादिष्ट हुन्छन्, जसले भान्छामा तपाईं उपभोक्ताको जिब्रोको स्वादलाई पुनः आफ्नै गाउँले जीवनमा फर्काउन सक्छ ।
२, पहाडी तरकारी तथा फलफुल तथा यसबाट प्रशोधित खाद्यपदार्थ पूर्णतः पाचन योग्य हुन्छन् । एन्टिअक्सिडेन्टयुक्त हुन्छन् ।
३, पहाडी हरियो तरकारी तथा फलफुलको नियमित सेवनले शरीर फुर्तिलो, कसिलो हुनुका साथै आर्कषक तथा निरोगी बनाउँछ ।
४, विज्ञहरूका अनुसार उच्च पहाडी स्थानमा उत्पादन भएका तरकारी तथा फलफुलको सेवनबाट यौन क्षमतामा वृद्धि हुने तथा रोगसँग लड्ने सुरक्षात्मक शक्तिमा बढवा दिन्छ ।.
पैंचो पसलले गुल्मी, पाल्पा र रुपन्देही गरि ८ पैचो पसलका शाखा र १८ पैचो संकलन केन्द्रहरु संचालन गरेको छ । गुल्मीको तम्घास र पाल्पाको तानसेनमा अत्याधुनिक डिपार्टमेण्ट स्टोर्स संचालन गर्दै आएको छ भने रुपन्देहीको बुटवलमा पश्चिम नेपालकै पहिलो तरकारी र फलफुलको सपिङ कम्प्लेक्स संचालन गरेको छ । ( नेपालगन्ज, सुर्खेत लगायत देशभर पैंचोको उत्पादन बिक्री हुन्छ ।)
किसानसंग पैचो
पैंचो पसलकै प्रत्यक्ष निगरानीमा गुल्मीमा मात्रै ४० हजार हेक्टर भूमिमा कृषकहरू कृषि उत्पादनमा सहभागी भइरहेका छन् । किसानहरुलाई एकलाख हेक्टर भूमिमा कृषि उत्पादन गराउन पैंचो पसलले उत्पे्ररित गरिरहेको छ । स्थापनाको छोटो समयमै कृषक र उपभोक्ता माझ लोकप्रिय बन्न सफल पैंचो पसल प्रालीले कृषकहरूलाई व्यवसायिक र अर्गा्निक कृषि उत्पादनतर्फ उन्मुख गराउन, गुणस्तरीय कृषि उत्पादनका लागि पैंचो बीउबिजन एवं कृषि औजार वितरण कार्यक्रम अघि बढाउन ‘पैंचो कृषि विकास कोष’ संचालनमा रहेकोे छ ।
कम्पनीका उद्देश्यहरू
१.ग्रामीण क्षेत्रका कृषक तथा उपभोक्ताहरूलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामाग्री उचित मुल्यमा उपलब्ध गराई सो बापत स्थानीय कृषक तथा साना उद्यमीहरूले उत्पादित गर्ने कुनै पनि सामानको मुल्यांकन गरी एक आपसमा सट्टापट्टा गर्ने ।
२. कृषकबाट उत्पादित तथा संकलित कृषिजन्य वस्तुहरू जस्तै फलफूल, तरकारी, दलहन, नगदेबाली तथा जडीबुटी लगायतलाई प्रशोधन गर्ने र प्रशोधित वस्तुहरूको सुरक्षित भण्डारण गर्ने साथै प्याकेजिङको व्यवस्था गर्ने ।
३. उत्पादित र संकलित वस्तुहरूको प्याकेजिङ र भण्डारणका लागि आवश्यक पूर्वाधार तयार गर्ने ।
४.कृषकबाट आउने विभिन्न उत्पादित समानहरू स्वदेश तथा विदेशका विभिन्न शहरहरूमा पठाउने व्यवस्था मिलाउने । साथै, त्यसका लागि आवश्यकताअनुसार डिलर तथा सवडिलरको व्यवस्था गर्ने ।
५. विभिन्न स्थानको माटो सुहाउँदो बातावरण तथा उचित बालीनालीको बिकास गरी उत्पादन वृद्धिका लागि कृषि खोज अनुसन्धान केन्द्र, कृषिमा वैज्ञानिकीकरणका लागि प्लान्ट टिस्युकल्चर, डीएनए बारकोडिङ र फिङ्गर प्रिण्ट सम्बन्धी प्रविधि अपनाउने ।
६. विभिन्न जातका फलफूलको नर्सरी तयार गरी बिक्री बितरण एवं तरकारी अन्नबाली, नगदे बाली लगायतको उत्पादन गर्ने र उत्पादित वस्तुहरूको स्वदेश तथा विदेशमा निर्यात गर्ने ।
७. ग्रामीण क्षेत्रमा उत्पादन हुने मौसमी फलफुलहरू संकलन गरी त्यसको जुस उत्पादन गरी बजारीकरण गर्ने ।
८. स्थानीय सीपहरूको विकास गरी घरेलु तथा हस्तकला सम्बन्धी उत्पादनमा जोड दिँदै उत्पादित वस्तुहरूको बजारीकरण गर्ने ।
९. दैनिक जीवनमा आवश्यक मसलाजन्य वस्तुको उत्पादन गरी व्यवसायीकरण गर्ने ।
१०. ग्रामीण क्षेत्रका बेरोजगार जनशक्तिलाई विभिन्न तालीम दिँदै स्वरोजगारका लागि प्रेरित गर्र्ने ।
११. मासु तथा दुग्ध उत्पादनका लागि पशुपालन, माछा, कुखुरापालन लगायतका व्यवसायलाई प्रोत्साहित गर्न कृषकलाई आवश्यक पर्ने प्राविधिक सेवा, दाना, औषधी उपलब्ध गराउनुका साथै संस्थाको तर्फबाट पनि त्यस्ता व्यवसाय संचालन गर्ने ।
१२. आधुनिक कृषि औजार निर्माण गरी बजारीकरण गर्ने, मल, बीऊबिजन उत्पादन र मल बीऊबिजनको आयात निर्यात गरी कृषकको पहँुच अभिवद्धि गर्ने ।
१३. शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभुत आवश्यकता पुरा गर्ने खालका कार्यक्रम संचालन गर्नुका साथै घोषित उद्देश्य प्राप्तिका लागि मनोरञ्जनात्मक कार्यक्रम संचालन गर्ने ।
१४. औषधीजन्य वस्तु तथा लोपोन्मुख वनस्पतिहरूको पहिचान गरी व्यवसायिक जडीबुटी खेतीलाई वैज्ञानीकरण गर्ने ।