दिनेशकुमार रावत कर्णाली विकास बैंकको सिइओ नियुक्त


बाँके : कर्णाली विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिनेश कुमार रावत नियुक्त भएका छन् । राजेन्द्रबीर रायले राजिनामा दिएपछि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा पदमा सन्चालक समिति बैठकले रावतलाई नियुक्त गर्ने निर्णय गरेको बैंकका अध्यक्ष पशुपति दयाल मिश्रले जानकारी दिए ।
नव नियुक्त प्रमुख कार्यकारी अधिकृत रावतले कार्यभार समेत सम्हालेका छन् । रावत दशक भन्दा पहिलेदेखि सोही बैंकमा कार्यरत थिए । उनीले कर्र्जा फाँटदेखि जनर म्यानेजर पदमा रही बैंकमा काम गरिसकेका थिए ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृतलाई बैंक केन्द्रीय कार्यालयमा स्वागत गर्नुका साथै पूर्व प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबीर रायलाई उनले दिएको योगदानको कदर गर्दै बैंकका अध्यक्ष मिश्रले धन्यबाद दिए । अध्यक्ष मिश्रले अब बैंकलाई उर्जाशिल बनाएर अघि बढाईने पनि बिश्वास व्यक्त गरे ।


प्रकाशित मितिः     १६ पुष २०७५, सोमबार २१:०९  |
error: Content is protected !!