प्याब्सन बाँकेको अध्यक्षमा राजेन्द्र आचार्य


बाँके : नीजि तथा आवासिय बिद्यालय एशोसियसन (प्याब्सन) बाँकेको अध्यक्षमा खजुराका राजेन्द्र आचार्य निर्वाचित भएका छन् । नेपालगञ्जमा सोमबार सम्पन्न १४ औं जिल्ला अधिवेशनले दीपक बोडिङ स्कुल खजुराका संचालक आचार्यको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
कार्य समितिको बरिष्ठ उपाध्यक्षमा दिनेश सिग्देल, उपाध्यक्षमा स्वामी डांगी र मनोज गिरी, सचिवमा रोशनकाजी श्रेष्ठ, सहसचिवमा उदय आले र लक्ष्मण सिंह, कोषाध्यक्षमा दिनेशराज शर्मा र सह कोषाध्यक्षमा भिमबहादुर खड्का निर्वा्चित भएका छन् । यसैगरी सदस्यहरुमा कल्याणकुमार नाग, पुर्णप्रसाद शर्मा, सलाउद्धिन खान, पुष्पराज गुरुङ र राजन राना मगर निर्वा्चित भएका छन् ।
प्याव्सन बाँकेका अध्यक्ष राजेश केशर खनालको अध्यक्षतामा भएको अधिवेशनको नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले उद्घाटन गरेका थिए । अधिवेशनमा प्याव्सनका बरिष्ठ उपाध्यक्ष डिके ढुंगाना, बरिष्ठ सल्लाहकार टिकाराम पुरी, उपाध्यक्ष कृष्ण अधिकारी, निर्मल उपाध्याय, सचिव आरबी कटुवाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।


प्रकाशित मितिः     १६ पुष २०७५, सोमबार २०:४८  |
error: Content is protected !!