एनआईसी एशिया बैंकको नयाँ योजना : भिसा कार्ड प्रयोग गर्दा पैसा फिर्ता


बाँके :  एनआईसी एशिया बैंक लिमिटेडले नेपालभित्र भिसाको सहकार्यमा पस मेसिनमा भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको छ । यो योजना डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्मको लागि मात्र लागु 

हुनेछ । यस अवधिमा एनआई सीएशिया बैंकको भिषा डेबिट वा क्रेडिट कार्डका ग्राहकले पस मेसिनमार्फत कुनै किसिमको सामान वा सेवा खरिद गर्दा पहिलो पाँच वटा कारोबारमा प्रत्येक महिना निम्नानुसारको क्यास ब्याक पाउनेछन् :

प्रथम कारोबारमा : कारोबार रकमको २५ वा बढिमा रु. १००र- क्यास ब्याक
दोस्रो कारोबारमा : कारोबार रकमको ४५ वा बढिमा रु. २००र- क्यास ब्याक
तेस्रो कारोबारमा : कारोबार रकमको ६५ वा बढिमा रु. ३००र- क्यास ब्याक
चौथो कारोबारमा : कारोबार रकमको ८५ वा बढिमा रु. ४००र- क्यास ब्याक
पाँचौ कारोबारमा : कारोबार रकमको १०५ वा बढिमा रु. ५००र- क्यास ब्याक
एक महिनामाप्रति कारोबारको आधारमा : एक महिनामा प्रत्येक ५ सफल कारोबारमा मात्र क्यास ब्याक
एक महिनामाप्रति कारोबारको आधारमा : एक महिनामा प्रत्येक ५ सफल कारोबारमा मात्र क्यास ब्याक

यस योजनाबाट साढे चार लाखभन्दा बढि भिसा डेबिट वा क्रेडिट कार्ड ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मितिः     १६ मंसिर २०७५, आईतवार ०८:१९  |