१) के आयकर पनि फिर्ता हुन्छ ?
-फिर्ता हुन्छ ।२) आयकर कुन अवस्थामा फिर्ता हुन्छ ?
–कुनै व्यक्तिले आफुले दाखिला गर्नुृपर्ने कर दायित्व भन्दा वढि हुने गरि कर दाखिला गरेमा र तिर्नुृपर्ने कुनै कर वांकी वक्यौता नरहेमा वढि दाखिला गरेको रकम फिर्ता हुन्छ ।३) आयकर फिर्ताको लागि कति समय भित्र दावि गर्नुपर्छ ?
-दाखिला मितिले दुइ वर्ष भित्र फिर्ता माग गर्नुपर्छ ।४) दावि भएको कति समय भित्र फिर्ता पाईन्छ ?
-६० दिनभित्र ।५) तोकिएको समयमा फिर्ता नभएमा के हुन्छ ?
–आयकर ऐनले तोकेको सामान्य व्याजदर सहित फिर्ता हुन्छ ।६) आयकर फिर्ता कुन कार्यालयबाट पाउन सकिन्छ ?
-करदाता दर्ता भएको सम्वन्धित कार्यालय ।७) आयकर फिर्ताको लागि के गर्नुपर्छ ?
-करदाताले वढि दाखिला गरेको पुष्टि हुने कागजात सहित सम्वन्धित कार्यालयमा निवेदन दिनुपर्छ ।८) फिर्ता समयमा नभएमा गुनासो भएमा कहा उजुरी गर्ने ?
-सम्वन्धित कार्यालय प्रमुख वा आन्तरिक राजस्व विभाग समक्ष ।९) कस्ता कस्ता रकम फिर्ता दावि गर्न पाइदैन ?
-औषधी उपचार वापतको कर मिलानवाट वढि भएको रकम र वैदेशिक कर मिलान वापतको रकम ।स्रोत : आन्तरिक राजश्व बिभाग