ढोकामा म्याट्रिक्स ब्राण्डको आर्कषण


२०७३ सालदेखि म्याट्रिक्स ब्राण्डमा ढोकाको बिक्री सुरु गरेका हौं । ‘डिजिटल यूभी लेमिनेशन’मा आधारित अत्यन्त आर्कषक ढोकाहरु निर्माणसंगै बिक्री बितरण गरिरहेका छौं । म आफै लामो समयदेखि ढोकाको बिक्रीको काम गर्दै आइरहेको थिए । त्यसले सोंचे जस्तो ढोकाहरु बिक्री बितरण गर्न नसकेको महसुस भएको थियो । त्यसपछि उपभोक्ताको मागलाई मध्यनजर गर्दै नयाँ ब्राण्डको ढोकाको बिक्री सुरु गरेका हौं । उपभोक्ताले पैसा तिरेपछि गुणस्तर र नयाँपन खोज्नुहुन्छ । त्यो उद्योगले दिन सक्नुपर्छ । हामी त्यो दिन्छौं । हामी नयाँ र गुणस्तरयुक्त सामाग्री बनाउने योजना बनाइरहेका छौं । 


गिरिराज भुषाल, अध्यक्ष, म्याट्रिक्स उड उद्योग प्रा.लि

अत्यन्त आर्कषक ढोकाका डिजाईन तयार गर्छौ । जोकोहीले आफुले चाहेको चित्र, डिजाईन ढोकामा बनाउन सक्नुहुन्छ । घरको ढोका आर्कषक होस् भन्ने सबै चाहान्छ, त्यो चाहाना हामी पुरा गर्छौ । हामीले सोंचे अनुसार बजारले राम्रै ‘रेस्पोन्स’ गरिरहेको छ । देशैभर सामान पठाइरहेका छौं । आज बजारमा र धेरैको घरमा हाम्रै ब्राण्डका ढोका छन् भन्दा फरक पर्दैन ।

( कुराकानीमा आधारित)

प्रकाशित मितिः     १७ मंसिर २०७५, सोमबार २१:०५  |