कसरी बनाउने स्मार्ट बाँके ?


  •  नीजिक्षेत्रसंग आवद्ध संघसंस्था तथा कम्पनीसंग स्पष्ट नीति बनाएर सूचना प्रविधिलाई उच्च प्राथमिकतामा राख्ने हो भने यसक्षेत्रका स्थानीय तहले पक्कै सुःखी र सम्बृद्धिको उत्कृष्ट स्मार्ट बाँके जिल्ला बनाउन सकिन्छ ।

  •  बाँके जिल्लालाई स्मार्ट बनाउनका लागि क्यान महासंघ बाँकेले पनि थोरबहुत प्रयास गरेको छ । तर हाम्रो प्रयासले मात्र हुने केही होइन । नीजि क्षेत्र अझ क्यान महासंघले डिभिजटल नेपाल बनाउने सरकारी अभियानलाई बलियो तरिकाले साथ दिएको छ ।

  • बाँकेमा पछिल्लो एक वर्षमा हामीले सूचना प्रविधिलाई सबैको पहुूचमा पु¥याउन बिभिन्न कार्यक्रम गरेका
    थियौं । सर्बप्रथम नयाँ नेतृत्व आउने बित्तिकै हामलीले गाभर होमस्टेमा दुई दिने बसाई सहित ‘रणनीति योजना’ तयार पारेका थियौं ।


भोजराज तिमिल्सेना. अध्यक्ष, क्यान महासंघ

साविको मध्य र सुदरपश्चिमाञ्चल क्षेत्रको ब्यापारिक हब बाँके जिल्लामा पछिल्लो राजनीतिक परिवर्तनसंगै सूचना र प्रविधिको विकासमा फड्को मारेको छ । नेपाल सरकारले जिल्लाका आठवटा स्थानीय तहमा आईटी अफिसर नियुक्त गरेको
छ । सुखी र सम्बृद्धि नेपालको परिकल्पनाका लागि होस्, स्मार्टपालिका बनाउन आईटि अफिसरको महत्वपूर्ण भुमिका रहेको छ । बाँके जिल्लाका सबैपालिकामा इन्टरनेट पुगेको छ । बिकट गाउँ गाउँमा बिस्तारको क्रममा छ । आफ्ना सेवा सुविधा बारे वयभसाईड निर्माण गरिरहेका छन् । यसको अर्थ घरमा बसेर आफ्नो पालिकाको सबै बिबरण हेर्न सकिन्छ । केही स्थानीय तहले आफ्ना मातहतका बिद्यालयमा स्मार्ट बोर्डबाट पढाईरहेका छन् । ई हाजिरीबाट गराईरहेका छन् । यो स्मार्ट शिक्षा पछिल्लो उदाहरण पनि हो । पछिल्लो समयमा बाँकेमा धेरै आईटि कम्पनी सन्चालनमा आएका छन् । सफ्टवेयर डेभलेप गर्ने, वयभसाईड बनाउने, मोवाईल एप्स निर्माण गर्न जिल्ला बाहिर धाउनुपर्ने अवस्था छैन । हार्डवेयर तथा सफ्टवेयर सप्लाई गर्ने बिज्ञहरु यही सेवा दिन तयार छन् । आईटि व्यक्ती उत्पादन गर्ने यही धेरै कलेजहरु सन्चालनमा आएका छन् । नीजिक्षेत्रसंग आवद्ध संघसंस्था तथा कम्पनीसंग स्पष्ट नीति बनाएर सूचना प्रविधिलाई उच्च प्राथमिकतामा राख्ने हो भने यसक्षेत्रका स्थानीय तहले पक्कै सुःखी र सम्बृद्धिको उत्कृष्ट स्मार्ट बाँके जिल्ला बनाउन सकिन्छ ।
बाँके जिल्लालाई स्मार्ट बनाउनका लागि क्यान महासंघ बाँकेले पनि थोरबहुत प्रयास गरेको  छ । तर हाम्रो प्रयासले मात्र हुने केही होइन । नीजि क्षेत्र अझ क्यान महासंघले डिभिजटल नेपाल बनाउने सरकारी अभियानलाई बलियो तरिकाले साथ दिएको छ । हामी शहरदेखि गाउँसम्म ई नेपाल बनाउने अभियानमा सरकारसंग हातेमालो गरिरहेका छौं । जसको परिणाम स्वरुप नेपाल सरकारको  मन्त्रीपरिषद बैठक कागजबिहिन भई ‘डिजिटिलाईजेशन’ भएको
छ । उक्त कार्यमा क्यान महासंघका केन्द्रीय तथा सरकारका सूचना प्रविधि बिज्ञ असगर अलिको नेतृत्वदायी भुमिका छ । यसको अर्थ क्यान महासंघको काधमा डिजिटल नेपाल बनाउने महत्वपूर्ण अभिभारा आएको महसुस भएको छ । क्यान महासंघले ई—नेपाल बनाउने अभियान आज भन्दा १८ वर्ष पहिल्यै सुरु गरेको थियो । त्यसबेला केन्द्रदेखि जिल्ला तहसम्ममा सरकारलाई सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिन सुझाव दिने काम भईरहन्थ्यो । तर बिभिन्न कारणले गति लिन सकेको थिएन । तर पछिल्लो समय भएका राजनैतिक परिवर्तन र सूचना प्रविधिमा आमनागरिकहरुको जर्बजस्त आर्कषणले १८ वर्ष अघिको हाम्रो अभियानले सार्थकता  पाउँदैछ । सरकार पनि सूचना प्रविधिको अधिकतम् प्रयोगमा निकै उत्साहित देखिन्छ । यो उत्साहलाई अझ प्रोत्साहन गर्नका लागि क्यान महासंघ तयार छ । बाँकेमा सूचना प्रविधिको बिस्तारलाई हामीले उच्च प्राथमिकता दिएका छौं ।  तराईको सुगम ठाउँ भएपनि बाँकेका ग्रामिण भेगहरु सूचना प्रविधिमा पछि परेका छन् । साविकको मध्य र सुुदुरपश्चिमको केन्द्र नेपालगन्ज सूचना प्रविधिमा अग्रणी छ । तर राप्तीपारीको कालाफाँटामा त्यस्तो कुनै सुविधा छैन । सूचना प्रविधिको पहुूच नभएकै कारण गाउँमै हुनुपर्ने गाउँपालिकाका केन्द्र शहरमै केन्द्रीत भए भन्ने समाचार सुन्दा जोकोहीलाई दुःख लाग्छ । यस्ता ठाउँहरुमा सूचना प्रविधिको पहुँच बढाउन राज्यपक्ष सबैभन्दा पहिले गम्भीर बन्नुपर्छ । त्यसमा हाम्रो तर्फबाट कस्तो सहयोगको आवश्यकता पर्ने हो ? हामी गर्न तयार छौं ।  आज भन्दा तीन वर्ष अघि क्यान महासंघ बाकेले सूचना प्रविधि बिभागको सहकार्यमा सिद्धेश्वर माविका ई भिलेज सेन्टर निर्माण गरी उदाहरणिय कामको सुरुवात गरेका थियौं । ग्रामिण क्षेत्रमा सूचना प्रविधिको उपयोगलाई प्राथमिकता दिन उक्त कार्य गरेको भए पनि इन्टरनेट नभएकै कारण त्यसले सार्थकता पाउन सकेन । यसर्थ नेपाल टेलिकम र नीजिक्षेत्रका इन्टरनेट कम्पनीले ढिलो नगरी ग्रामिणक्षेत्रमा त्यस्ता सुविधाहरु पु¥याउनुपर्छ । अहिले स्थानीय तहबाट आफ्नो क्षेत्रमा सूचना प्रविधिको पहुूच बढाउन प्रयत्न भएका छन् । तर इन्टरनेट र दक्ष जनशक्तिको अभावले गर्दा त्यसले सार्थकता पाउन सकिरहेको छैन ।
बाँकेमा पछिल्लो एक वर्षमा हामीले सूचना प्रविधिलाई सबैको पहुूचमा पु¥याउन बिभिन्न कार्यक्रम गरेका थियौं । सर्बप्रथम नया नेतृत्व आउने बित्तिकै हामलीले गाभर होमस्टेमा दुई दिने बसाई सहित  ‘रणनीति योजना’ तयार पारेका
थियौं । त्यो योजना डिजिटल नेपाल बनाउन हामीले बाँकेमा कस्तो भुमिका खेल्न सकिन्छ भन्ने कुरामा उक्त रणनीति केन्द्रीत थियो । त्यो रणनीति बनेपछि हामीले एकपछि अर्को बिभिन्न कार्यक्रम गर्दै आएका छौं । हामीले नयाू आउनु भएका जनप्रतिनिधिहरुलाई सूचना प्रविधिका बिषयमा जानकारी दिने प्रयत्न  गरेका छौं । उहाूहरु निकै उत्साहका साथ त्यस्ता कार्यक्रममा सहभागि रहनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिलाई सूचना प्रविधिका सम्बन्ध प्रशिक्षण दिने काम भएको थियो । नेपालगन्जमा हालसम्मकै ठुलो साईबर अपराध सम्बन्धी सूचना प्रविधि सेमिनार सम्पन्न भयो । देशकै सूचना निकाय र सूचना प्रविधि क्षेत्रका बिज्ञ सहभागि सेमिनारमा साईबर अपराध रोक्ने र देशलाई सूचना प्रविधिका क्षेत्र कसरी अगाडी बढाउने भन्ने बिषयमा गहन छलफल भयो । उक्त सेमिनारले यस क्षेत्रमा बाकेलाई चिनाउन सहयोग
ग¥यो । जिल्ला सहकारी संघ आवद्ध बस्तुगत संघ पदाधिकारीलाई प्रशिक्षण दिने काम भएको छ । ‘आईसिटी डे’ ¥याली सहित भब्यरुपमा मनाउन सफल भएका थियौं भने डुडुवा गाउूपालिका निकायका सामुदायिक विद्यालयका छात्रछात्रालाई शिक्षामा सूचना प्रविधिको महत्व बारे बक्तित्वकला प्रतियोगिता आयोना गरियो । त्यस्तै आईसिटी छात्रबृद्धिका बिषयमा बृहद अन्तरक्रिया भयो । त्यस्तै नेपालगन्ज उद्योग वाणिज्य संघसंक्ष् सहकार्य गरेर महिला उद्यमीहरुलाई ‘स्मार्ट वर्कसप’ तथा आधारभुत कम्प्युटर तालिम दिने काम भईरहेको छ । आगामी दिनमा हामी प्रत्येक गाउँपालिकाको वडा(वडामा पुग्ने योजना बनाईरहेका छौं । पछि परेका समुदायलाई सूचना प्रविधिको पहुूचमा ल्याउनका लागि बिशेष कार्यक्रम बनाउने तयारीमा छौं । डिजिटल नेपाल बनाउने अभियानमा तपाई हाम्रो हातेमालो जरुरी  छ ।
लेखक कम्प्युटर एशोसिएसन नेपाल ( क्यान महासंघ), बाँकेका अध्यक्ष हुन ।

प्रकाशित मितिः     १८ मंसिर २०७५, मंगलवार ११:२३  |