नेपालगन्जमा ध्वनी प्रदुषण न्यूनिकरणका लागि बृहद छलफल


बाँके : ध्वनी प्रदुषण रोक्नका लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा बृहद छलफल भएको छ । छलफलका क्रममा हर्न निषेध जस्तै अन्य ध्वनी धेरै आउने स्थानको पहिचान गरी कसरी त्यसलाई न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको छ ।
धार्मिकक्षेत्रको ‘लाउड स्पिकर’बाट आउने ठुलो आवाज न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा पनि छलफल भएको छ । बिभिन्न धार्मिक स्थानहरुमा राखिएका लाउड स्पिकरबाट आउने ठुलो आवाज नियन्त्रण नभई न्यूनिकरण कसरी गर्न सकिन्छ भनेर जिल्ला प्रशासन कार्यालय बाँकेमा मंगलबार बृहद छलफल समेत भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमसेर राणा, धार्मिक समुदायका अगुवा, नागरिक समाजका अगुवा, उद्योगी, व्यवसायीहरु सहभागि छलफलमा धार्मिक आस्थाप्रति ठेस नप्ुग्ने गरी कसरी आवाज न्यूनिकरण गर्ने भन्ने बिषयमा छलफल केन्द्रीत भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।
‘यो बिशुद्ध ध्वनी प्रदुषण कम गर्नका लागि लक्षित छ । कुनै धर्म, सम्प्रदायलाई ठेस पु¥याउने उदेश्यले होइन । सम्बन्धित समुदायका अगुवाहरुसंग राय, सुझाव लिएर निश्चित समय सिमा तोक्ने तयारीका लागि छलफल भएको हो ।’— प्रशासन स्रोतले भन्यो । अहिले नै कुनै निष्कर्षमा नपुगे पनि सबैको छलफलबाट सहमति बने पछि मात्र निर्णयहरु कार्यान्वयन हुने जनाईएको छ ।

प्रकाशित मितिः     १८ मंसिर २०७५, मंगलवार १५:२१  |