होटलको परिक्षा : कति पास, कति फेल ?


बाँके :  तपाईको होटलको स्तर कुन ? सरसफाईमा होटल पास की फेल ? खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले परिक्षा लिन सुरु गरेको छ । हालसम्म बाँकेको नेपालगन्ज र कोहलपुरमा यस्तो परिक्षा लिइसकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जकी प्रमुख ज्योत्सना श्रेष्ठले नेपालगन्ज बिजनेशलाई जानकारी दिइन ।
उक्त कार्यालयका अनुसार गत बैशाखमा नेपालगन्जका होटलहरुको अनुगमन गरी उनीहरुको सरसफाईकोस्तर मापन गरिएको थियो । जसमा होटल सिद्धार्थ, सोल्टी र सिग्नेटले ९० अंक माथि माथि ल्याएर सरसफाईमा क बर्गमा दर्ज हुन सफल भएका थिए । अन्य होटलहरुको सरसफाईकोस्तर औसत मानिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जानकारी दिएको छ । यस्तै कोहलपुरमा केही महिना अघि गरिएको अनुगमनका क्रममा ख नम्बर प्राप्त गरे । कोहलपुरमा १ होटलले ख श्रेणी, ७ वटा होटलले सामान्य र १७ वटा होटलले सन्तोषजनक पाईएको छ । उनीहरुको होटल गेटमा स्तर अनुसारको स्टिकर टासिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका अनुसार क श्रेणीको होटललाई अति उत्तम। ख उत्तम, ग सन्तोषजनक र घ सामान्य भनेर चिन्त्रण गरिन्छ ।
बाँकेमा क श्रेणी पाउने कमै छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले भान्सादेखि होटलको अन्य सरसफाईकोअवस्थासम्महेर्ने गर्छ । बिज्ञ तथा प्राविधिको टोलीले होटलको अनुगमन गर्ने गरेको छ । ५० वटा सुचकमा परिक्षा गरिन्छ र पास फेल निक्र्यौल गरिन्छ । खाद प्रविधि कार्यालयले सरसफाई नभएका होटललाई स्टिकर दिने गरेको भए पनि कारवाही भने गर्दैनन् । तर जिल्ला प्रशासन कार्यालय बाँकेसंग समन्वयमा यस्ता फोहोर होटलहरुलाई कारवाही हुने गर्न सक्ने बताएका छन् ।

प्रकाशित मितिः     २३ मंसिर २०७५, आईतवार १२:३२  |