कर सम्बन्धी कार्यविधि तथा अन्य जानकारी


१. कार्यालयमा विभिन्न कामका लागि निवेदन पेश गर्दा कुन कामका लागि कुन शाखामा पेश गर्नु पर्दछ ?

-स्थायी लेखा नम्बर,मू.अ.करदर्ता, अन्तःशुल्क ईजाजत,विवरण दर्ता, कर चुक्ता प्रमाणपत्र, सोधपूछः
करदाता सेवा शाखामा कर भुक्तानी, अग्रिम कर कट्टी सम्बन्धी बिषय संकलन शाखा, कर परिक्षण
सम्बन्धी बिषय कर परिक्षण शाखामा
२. आन्तरिक राजस्व कार्यालयबाट आफूलाई आवश्यक निर्णय, आदेश, फैसला, पर्चा वा अन्य
कागजातहरु प्राप्त गर्ने प्रक्रिया के हो ?

-नक्कल लिनु पर्ने निर्णय आदेश, फैसला, पर्चा वा अन्य कागजातहरु लेखा अवधि समाप्त भएको
मितिले तीन वर्षभित्र निवेदन दिएमा मुलुकी ऐन, कागज जाँच महलको १७ नम्बर बमोजिम प्राप्त
गर्न सकिन्छ ।

३. विवरण तथा कर भुक्तानी सम्बन्धी बिषयमा संशोधन गर्नु परेमा के गर्नु पर्दछ ?
-कर भुक्तानी सम्बन्धी बिषय भए संकलन शाखामा र अन्य बिषय भए करदाता सेवा शाखामा
सम्पर्क गर्नु पर्दछ ।

४. कारोबारको दर्ता सम्बन्धी बिषय ( स्थान आदि कुरामा ) परिवर्तन भएमा के गर्नु पर्दछ ?

-परिवर्तन भएको प्रमाण राखी करदाता सेवा शाखामा सम्पर्क गर्नु पर्दछ ।

५. के मैले आफ्नो खाता भएको बैंकमा नै कर वापतको रकम दाखिला गर्न सक्छु ?
-अहँ, सक्नुहुन्न । नेपाल सरकारले राजस्व बुझ्न स्वीकृती दिएका बैंकहरुमा मात्र कर वापतको
रकम दाखिला गर्न सक्नुहुन्छ ।

६. नेपाल सरकारले राजस्व बुझ्न स्वीकृती दिएका बैंकहरु कुन कुन हुन ?
नेपाल राष्ट््र बैंकका तोकिएका शाखाहरु ।
राष्ट््िरय बाणिज्य बैंकका तोकिएका शाखाहरु ।
नेपाल बैंक लिमिटेडका तोकिएका शाखाहरु ।
एभरेष्ट बैंक लिमिटेडका तोकिएका शाखाहरु ।
बैक अफ काठमाडौं लि. का तोकिएका शाखाहरु ।
ग्लोबल आइएमई बैंक लिमिटेडका तोकिएका शाखाहरु ।

प्रकाशित मितिः     २४ मंसिर २०७५, सोमबार ०७:४५  |