अर्थतन्त्रलाई गतिशिल बनाउनको लागि आवश्यक पूंजीको परिचालन गर्न सबैले आ–आफ्नो स्थानबाट योगदान गरी योगदान गरी राष्ट्र्लाई समृद्धिको दिशामा अग्रसर गराउने कार्यमा समर्पित हुने अवसरको रुपमा लिनुपर्ने समय आएको छ ।
राजस्व प्रशासनको दशकांै लामो यात्रामा विभागले धेरै आरोह अवरोधहरु पार गर्दै आएको छ । यो अनवरत यात्रामा व्यवसायिक रुपमा कार्य सञ्चालन गर्ने उद्देश्यले सुरु गरिएका सुधारका प्रयासहरु निरन्तर छन् । सूचना प्रविधिको प्रयोगले विश्वका जुनसुकै देशबाट सहजै रुपमा सूचनाहरु प्राप्त गर्न सकिएको छ । विगतमा कागजी प्रक्रियामा मात्र आधारित राजस्व प्रशासन पनि हाल Digital प्रणालीको माध्यमबाट Paperless हुने अभियानमा धेरै अगाडि बढेको छ । सुधारका चरणहरुलाई अझ परिष्कृत गरी कर प्रशासनमा संलग्न जनशक्तिको व्यवसायिक दक्षता अनुसार नतिजा हासिल गर्ने र करदातालाई शीघ्र सेवा प्रवाह गर्ने कार्यमा दत्तचित्त भई विकासको साधनको रुपमा आवश्यक पर्ने वित्तीय श्रोतको परिचालनको कार्यमा निर्धारण भएको लक्ष्य प्राप्तिका लागि हरेक तह र वर्गमा रहेका जनशक्तिको सक्रियता बढाउने अभिप्रायले आन्तरिक राजस्व विभागले हालै संगठनात्मक संरचनामा हेरफेर गरी नयां कार्यालयहरु स्थापना गरी कार्य सुचारु गरेको कुरा म आम करदाता र सरोकारवाला सबैमा जानकारी गराउन चाहन्छु ।
संरचनात्मक सुधार र नयां कार्यँलयहरुको स्थापनाले कर प्रशासनले प्रदान गर्ने सेवाहरु करदाताको घरदैलोसम्म पुगी सेवाप्रवाहमा सवै करदाताहरुको सहज पहुंच स्थापना हुने र करदाताको कर लागत र समय समेत घट्ने कुरामा म विश्वस्त
छु । मुलुकमा लामो समयसम्म संक्रमणकाल कायम रहेकोले अर्थतन्त्रले समेत अपेक्षित रुपमा गति लिन सकेन । अब मुलुकले एकातर्फ आर्थिक क्रियाकलाप केन्द्रीत लगानी बढाउनु पर्नेछ भने अर्कोतर्फ सामाजिक रुपले पछाडि परेका, सीमान्तकृत, अल्पसंख्यक र कमजोर एवं असहायहरुका लागि ठूलो मात्रामा सरकारी लगानी बढाई सामाजिक सुरक्षा र सामाजिक न्याय कायम गर्ने दिशामा खर्च केन्द्रित गर्नुपर्ने छ । अर्थतन्त्रलाई गतिशिल बनाउनको लागि आवश्यक पूंजीको परिचालन गर्न सबैले आ–आफ्नो स्थानबाट योगदान गरी राष्ट्र्लाई समृद्धिको दिशामा अग्रसर गराउने कार्यमा समर्पित हुने अवसरको रुपमा लिनुपर्ने समय आएको छ । हामी अहिले यस वर्षको राजस्वको लक्ष्य प्राप्तिका लागि केही दवावको अवस्थावाट अगाडि बढिरहेको अवस्था छ ।राजस्वको लक्ष्य हासिल हुन सकेन भने मुलुकको विकास निर्माण लगायत अन्य भौतिक एवं सामाजिक क्रियाकलापहरुमा समेत प्रतिकूल प्रभाव पार्दछ । जसले गर्दा हाम्रो समृद्धि तर्फको यात्रामा समेत असर पर्न सक्ने हुंदा यस्तो अवस्था सृजना हुन नदिन सवै तह तप्काका वर्ग एवं क्षेत्रको महत्वपूर्ण भूमिका जरुरी छ । यस अवसरमा मुलुकको समृद्धिको अग्रगामी यात्रामा सहयोग र सहकार्य गर्नका लागि सरोकारवाला सबैले कर्तव्य बोध गरी आफ्नो दायित्व अनुसारको योगदान गर्न विशेष आव्हान समेत गर्दछु । कर प्रशासनको नेतृत्व गरेको नाताले कर प्रशासनमा संलग्न जनशक्तिहरुलाई सदाचार एवं उच्च मनोवलका साथ व्यावसयिक तवरले आफूलाई तोकिएको कार्यहरु सम्पादन गर्न निर्देश गर्दछु । साथै कर प्रशासनले आगामी दिनमा करदातामैत्री व्यवहारमार्फत स्वस्च्छ, निष्पक्ष, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्नेछ भन्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु । अन्त्यमा, समृद्धिको दिशामा अग्रसर भएको मुलुकलाई हामी सबैले आ–आफ्नो ठाउँबाट तोकिएको जिम्मेवारी वहन गर्न म कर परिवारका सम्पूर्ण सदस्य कर्मचारीहरु, करदाता एवं अन्य सरोकारवाला सबैसंग अनुरोध गर्न चाहन्छु ।
धन्यबाद
(आन्तरिक राजश्व बिभागले प्रकाशन गर्ने कर बुलेटिनको भाद्र कात्र्तिक अंकबाट)