नेपालगन्ज उद्योग वाणिज्य संघको साधारणसभाको प्रमुख अतिथी अर्थमन्त्री तय


बाँके : नेपालगन्ज उद्योग वाणिज्य संघ २७ औं साधारणसभाको तयारीमा जुटेको छ । पुस ७ गते हुने साधारणसभाको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्ने भएको संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए ।
संघका पदाधिकारी र कर्मचारी यतिबेला साधारणसभालाई कसरी भब्य बनाउने भन्ने बिषयमा लागिपरेका छन् । बिहिवार प्रमुख अतिथीका रुपमा अर्थमन्त्री खतिवडा आउने टुंगो लागेको अध्यक्ष बैश्यले जानकारी दिएका छन् । नीजिक्षेत्रको छाता संगठन नेपालगन्ज उद्योग वाणिज्य संघको साधारणसभालाई बिशेषरुपले हेरिन्छ । सांगठनिक मात्र नभई व्यवसायिक हकहितका मुद्दाहरु साधारणमा उठ्ने गरेका छन् । साधारणसभामा महासचिवको सांगठनिक प्रतिबेदन पेश हुनाका साथै कोषाध्यक्षको प्रतिबेदन समेत पेश हुन्छ । व्यवसायीहरुलाई सम्मान समेत हुने गरेको छ ।
यसपटक सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने अध्यक्ष बैश्यले बताए । त्यसका लागि धुर्मुस—सुन्तलीको जोडी समेत आउने भएका छन् ।

प्रकाशित मितिः     २७ मंसिर २०७५, बिहीबार १८:४८  |