नमस्ते सहकारीको अध्यक्षमा रिमाल


बाँके :  नमस्ते बचत तथा ऋण सहकारी संस्था नेपालगन्जको अध्यक्षमा बिष्णु रिमाल चयन भएका छन् । बिहिवार सम्पन्न सहकारीको ९ औं साधारणसभाले रिमाललाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो ।
उक्त सहकारीको उपाध्यक्षमा जिवकला अधिकरी, सचिवमा प्रकाश ज्ञवाली र कोषाध्यक्षमा नेगबहादुर भण्डारी चयन भएका छन् । यस्तै सदस्यमा राजन शर्मा, बाबुलाल श्रेष्ठ, खिमकुमारी थापा भण्डारी सर्बसम्मत चयन भएकी छन् । लेखा समितिको संयोजकमा सिद्ध बोगटी र सदस्यमा खुमबहादुर खत्री, कविताकुमारी रिजाल छन् ।


प्रकाशित मितिः     २७ मंसिर २०७५, बिहीबार २१:१०  |
error: Content is protected !!