कन्हैयालाल टण्डन : संघको बिधान बनाए निर्वाचन गराए, जसको कार्यसमिति यस्तो थियो
प्रकाशित मितिः
705 Views
अर्थ संवाददाता
कन्हैयालाल टण्डन
कन्हैयालाल टण्डन नेपालगन्ज उद्योग वाणिज्य संघको पांचौ अध्यक्ष हुन । तत्कालिन अध्यक्ष गौरीशंकर मोहपाल राजनीतिमा सक्रिय भएपछि टण्डन संघको अध्यक्ष भएका थिए । उनी दुई कार्यकाल अध्यक्ष भए । पहिलो कार्यकाल २०४८ सालदेखि २०५२ सम्म थियो भने दोस्रो कार्यकाल सोही साल कार्यसमिति पुर्नगठन भयो । टण्डनले २०५३ साल पुसमा निर्वाचित कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गरे । संघको इतिहासमा नै पहिलो निर्वाचन थियो । चाटर्ड एकाउन्टेन पढेका भएपनि कन्हैयालले पुख्र्याली व्यवसाय नै सम्हालेका थिए । उनी नेपालगन्जको पहिलो सिए पनि हुन । दिल्लीबाट पढाई सकेर नेपालगन्ज आएपछि उनलाई काका केदारनाथ टण्डनले संघको सचिवको जिम्मेवारी दिए । त्यहाँबाट संघमा उनको सक्रियता सुरु भएको थियो । जतिबेला संघ सक्रिय थिएन । संघले प्रशासन र ब्यापारीबीच पुलको काम गर्नुप्थ्र्यो । उनले जिम्मेवारी निभाए । त्यसबेला चुंगिकरको बिषय उठेको थियो । हड्ताल र बिरोध गर्नुपर्ने अवस्थासम्म आयो । पछि नगरपालिकाले त्यो कर हटायो । संघलाई सक्रिय बनाउन बिधान बनायौं । समय सापेक्ष बिधान बनाउनुका साथै निर्वाचन समेत भयो । निर्वाचित नेतृत्वलाई नेतृत्व हस्तान्तरण गरेर उनी संघबाट बिदा भए । आज नेपालगन्ज उद्योग वाणिज्य संघले गरेको प्रगतिप्रति उनी खुसी छन् । संघ बिशुद्ध व्यवसायीहरुको मात्र हुनुपर्ने बताउँदै पूर्व अध्यक्ष टण्डनले राजनिितबाट मुक्त गर्न सक्नुपर्ने पनि बताएका छन् ।
कन्हैयालाल टण्डनको कार्यसमिति यस्तो थियो
कन्हैयालाल टण्डन
अध्यक्ष बिजयमान पति
उपाध्यक्ष जगदिश प्रसाद बैश्य
सचिव प्रदीपकुमार गुप्ता
सहसचिव स्वं कृष्णचन्द्र कनोडिया
कोषाध्यक्ष