टोल -टोलबाट निस्किएर नेपालगन्जमा सरसफाई गरियो


बाँके :  नेपालगन्जमा बिहानैदेखि बृहद सरसफाई अभियान सुरु भएको छ । नेपालगञ्ज उप महानगरपालिका, उद्योग बाणिज्य संघको र बातावरण तथा बाल अधिकार संरक्षण केन्द्र(इन्प्रोक) नेपालको सह आयोजनामा सरसफाई अभियान सुरु भएको हो ।
नेपालगन्जलाई शुन्दर र सफा बनाउने जनचेतना सहित अभियान सुरु गरिएको हो । उक्त अभियानका लागी वडा कार्यपालिकाका अध्यक्ष तथा सदस्यले आफ्नो वडा वा तोकिएको स्थानमा सहभागीहरुलाई समन्वय र परिचालन गरेका
थिए । बिद्यार्थीको सबैभन्दा धेरै सहभागिता देखिएको थियो ।

प्रकाशित मितिः     २९ मंसिर २०७५, शनिबार ०९:५६  |