कन्हैयालाल टण्डन : संघको बिधान बनाए निर्वाचन गराए, जसको कार्यसमिति यस्तो थियो


कन्हैयालाल टण्डन

कन्हैयालाल टण्डन नेपालगन्ज उद्योग वाणिज्य संघको पांचौ अध्यक्ष हुन । तत्कालिन अध्यक्ष गौरीशंकर मोहपाल राजनीतिमा सक्रिय भएपछि टण्डन संघको अध्यक्ष भएका थिए । उनी दुई कार्यकाल अध्यक्ष भए । पहिलो कार्यकाल २०४८ सालदेखि २०५२ सम्म थियो भने दोस्रो कार्यकाल सोही साल कार्यसमिति पुर्नगठन भयो । टण्डनले २०५३ साल पुसमा निर्वाचित कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गरे । संघको इतिहासमा नै पहिलो निर्वाचन थियो । चाटर्ड एकाउन्टेन पढेका भएपनि कन्हैयालले पुख्र्याली व्यवसाय नै सम्हालेका थिए । उनी नेपालगन्जको पहिलो सिए पनि हुन ।
दिल्लीबाट पढाई सकेर नेपालगन्ज आएपछि उनलाई काका केदारनाथ टण्डनले संघको सचिवको जिम्मेवारी दिए । त्यहाँबाट संघमा उनको सक्रियता सुरु भएको थियो । जतिबेला संघ सक्रिय थिएन । संघले प्रशासन र ब्यापारीबीच पुलको काम गर्नुप्थ्र्यो । उनले जिम्मेवारी निभाए । त्यसबेला चुंगिकरको बिषय उठेको थियो । हड्ताल र बिरोध गर्नुपर्ने अवस्थासम्म आयो । पछि नगरपालिकाले त्यो कर हटायो । संघलाई सक्रिय बनाउन बिधान बनायौं । समय सापेक्ष बिधान बनाउनुका साथै निर्वाचन समेत भयो । निर्वाचित नेतृत्वलाई नेतृत्व हस्तान्तरण गरेर उनी संघबाट बिदा भए । आज नेपालगन्ज उद्योग वाणिज्य संघले गरेको प्रगतिप्रति उनी खुसी छन् । संघ बिशुद्ध व्यवसायीहरुको मात्र हुनुपर्ने बताउँदै पूर्व अध्यक्ष टण्डनले राजनिितबाट मुक्त गर्न सक्नुपर्ने पनि बताएका छन् ।

कन्हैयालाल टण्डनको कार्यसमिति यस्तो थियो

कन्हैयालाल टण्डन
अध्यक्ष
बिजयमान पति
उपाध्यक्ष
जगदिश प्रसाद बैश्य
सचिव
प्रदीपकुमार गुप्ता
सहसचिव
स्वं कृष्णचन्द्र कनोडिया
कोषाध्यक्ष


कार्यसमिति सदस्यहरु
मनोहरलाल खेतान
मामराज अग्रवाल
कन्हैयालाल बैद्य
सतीशचन्द्र अग्रवाल
अच्यूत प्रसाद प्रसाई
सुनिलकुमार शर्मा
उमेशकुमार अग्रवाल
मो. सुलेमान अन्सारी
रमेशचन्द्र गोयल
रामशंकर माधवदास

सन्र्दभ सामाग्री : स्वर्ण बर्ष स्मारिका २०७४

प्रकाशित मितिः     २९ मंसिर २०७५, शनिबार ०८:५२  |
error: Content is protected !!