रामारोशन सहकारीमा टंक धामी अध्यक्ष


बाँके : रामारोशन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं साधारणसभाले टंक धामीलाई पुन : अध्यक्षमा सर्बसम्मतरुपले चयन गरेको छ । शनिबार सम्पन्न साधारणसभाले धार्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको
हो ।
समितिको उपाध्यक्षमा रोहिणी स्वाँर, सचिव जानकी देवकोटा, कोषाध्यक्ष खम्बसिंह कुँवर चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यमा पार्वती चलाउने, भरतबहादुर कडायत,कृष्ण कुँवर, रेखा आउजी, सिता अधिकारी चयन भएका छन् । लेखा समितिमा भोजराज तिमिल्सेना संयोजक र बलबहादुर बडुवाल, नगेन्द्र शाही सदस्य चयन भए । साधारणसभामा कश्मिरा खातुन लगायत १५ जना महिला उद्यमीहरुलाई सम्मान गरिएको थियो ।


प्रकाशित मितिः     २९ मंसिर २०७५, शनिबार १८:२३  |
error: Content is protected !!