नेपालगन्जमा कामना सेवा बैंकको घरदैलो


बाँके :  कामना सेवा विकास बैंक, नेपालगन्ज शाखाले शनिबार बृहद बित्तिय साक्षरता तथा घरदैलो अभियान सन्चालन गरेको छ । राष्ट्र बैंकबाट ख बर्गको इजाजात प्राप्त राष्ट्रिय स्तरको कामना सेवा बैंकले नेपालगन्जको सबैभन्दा व्यस्त बजार घरबारीटोल, न्यूरोड,बागेश्वरी मन्दिर, त्रिबेणीमोड, बसपार्कक्षेत्रका व्यवसायी र सर्बसाधारणसंग भेटघाट गरी बैंक तथा बित्तिय कारोवारका बिषयमा जानकारी दिएको छ ।
बैंकको नेपालगन्ज शाखा प्रबन्धक ज्योतिका चापागाईका अनुसार, उद्योगी, व्यवसायी र सर्बसाधारणहरुलाई बैंक तथा बित्तिय क्षेत्रका बिषयमा जानकारी मात्र नभई बैंकले प्रदान गर्ने सेवाका बिषयमा पनि जानकारी दिईएको थियो । ‘आमनागरिकलाई छिटो र छरितो तरिकाले प्रदान गर्ने ऋण र बैंकको अन्य सेवाका बिषयमा जानकारी दिएका छौं ।’— चापागाईले भनिन् ।
घरदैलो कार्यक्रममा बैंकका कर्मचारीका साथै प्रर्बद्धकहरु हरिशचन्द्र श्रेष्ठ, पदम श्रेष्ठ, रामप्रशाद श्रेष्ठ, सुनिलकुमार श्रेष्ठ, केन्द्रीय कार्यालयबाट आएका कर्मचारी काशीनाथ पराजुली लगायतको सहभागिता थियो । कामना विकास बैंकले देशभर एकैसाथ बित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको थियो ।


प्रकाशित मितिः     २९ मंसिर २०७५, शनिबार १६:३६  |
error: Content is protected !!