नयाँ वर्षमा गुन्जियो नेपालगन्ज, होटलहरु यसरी सजिए


नमस्ते रेष्टुरेण्टमा आयोजित सांगितिक कार्यक्रम । तस्बिर : नविन बुढा क्षेत्री ।

बाँके :  अंग्रेजी नयाँ वर्ष २०१९ लाई नेपालगन्ज र कोहलपुरले भब्य स्वागत गरेको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा सोमबार साँझबाट नेपालगन्ज र कोहलपुरका चर्चित होटलहरु गुन्जायमान भए । यहाँका होटलहरु नयाँ वर्षको अवसरमा आउने ग्राहकहरुका लागि भब्य तरिकाले सजिएका छन् । ग्राहकहरुलाई आर्कषित गर्न बिभिन्न अफरहरु सन्चालन गरेका छन् ।

सिद्धार्थ कटेज, नेपालगन्ज

सोमबार साँझ नेपालगन्ज र कोहलपुरका प्राय सबै ठुला होटलहरुमा सांगितिक कार्यक्रम सन्चालन भएको  छ । नेपालगन्जको सिद्धार्थ भ्यू, सिग्नेट ईन, होटल कलपत्रु, होटल सोल्टी र कोहलपुरको सेन्ट्रल प्लाजामा सांगितिक कार्यक्रम भयो ।

होटल सोल्टी

नमस्ते रेष्टुरेण्ट गनापुरमा कमल खत्री, राजेशपायल राई, सन्दिप क्षेत्री जस्ता चर्चित कलाकारले नयाँ वर्षको अवसरमा भव्य मनोरन्जन प्रदान गरे ।


होटल सिग्नेट

नयाँ वर्ष मनोरन्जनमा मात्र सिमित नभई होटल व्यवसायीहरुका लागि आम्दानी स्रोत समेत बन्दै गएको छ । हरेक होटलले नयाँ वर्ष जस्ता उत्सवहरुमा सांगितिक कार्यक्रम आयोजना गर्दै आएका छन् । टिकटका साथ साथै होटल व्यवसायीहरुले अफरहरु समेत दिने गरेका छन् ।

किचन हट

होटल कलपत्रु

सेन्टल प्लाजा

 

प्रकाशित मितिः     १७ पुष २०७५, मंगलवार ०८:०७  |
error: Content is protected !!