साझा चौतारी बन्यो नेपालगन्ज ग्यालरी


बाँके : २०६६ सालतिरको कुरा हो । सामाजिक सञ्जाल फेसबुकको प्रयोग भर्खर नेपालगन्जमा भर्खर सुरु हुन लागेको थियो, त्यसबेला । नयाँ नयाँ प्रविधि प्रयोग गर्न रुचाउनेहरुले आफुलाई फेसबुकको सदस्य बनाइसकेका थिए । त्यसरी सदस्य हुनेमा थिए, चर्चित आरजे समिरमान श्रेष्ठ । रेडियो कार्यक्रम एमओसी रिलोडेडबाट युवा पुस्तामा लोकपृय छबि बनाउन सफल भएका समिरले फेसबुकलाई फरक तरिकाले उपयोग गर्ने सोंचे । नेपालगन्जमा घर भई बाहिर जिल्ला र बिदेशमा बसोबास गर्नेहरुलाई एउटा फोरम उपलब्ध गराउने त्यही सोंचको उपज जन्माए , नेपालगन्ज ग्यालरी ।
उनै समिरले जन्माएको फेसबुकको च्याट ग्रुप नेपालगन्ज ग्यालरी यतिबेला नेपालगन्जीयाहरुका लागि चर्चित बनेको छ । एकप्रकारले आफ्ना बिचारहरु अभिव्यक्त गर्ने साझा चौतारी बन्न सफल भएको छ । नेपालगन्ज ग्यालरीमा मात्र ७१ ह्जार सदस्य जोडिएको श्रेष्ठले बताए । ‘बाहिर रहनुभएकाहरुका लागि नेपालगन्जका बारेमा जानकारी प्राप्त गर्ने साझा चौतारीकारुपमा यसलाई बनाईएको हो । आज साच्चिकै त्यो सोंच पुरा भएको छ ।’— श्रेष्ठले भने । देशकै कुनै भागको नेपालगन्जको बासिन्दा होस् चाहे समुन्द्रपार रहेको, हरेकले सबै गतिबिधि यसमा अपलोड गर्छन । केहीबेरमै ७१ हजारले यसलाई हेर्छन ।


समिर श्रेष्ठ, जसले नेपालगन्ज ग्यालरी बनाए ।

समाचार होस् चाहे नेपालगन्जसंग जोडिएका हरेक गतिबिधि जोकोहीले यसलमा अपलेड गर्ने गरेका छन् । नेपालगन्जका बारेमा केही बुझ्नुपर्ने अवस्था आयो भने नेपालगन्ज ग्यालरी हेरे पुग्ने भएको छ । समाचार मात्र होइन तपाईलाई मोटरसाईकल किन्न पर्ने छ वा बिक्री गर्नुपर्ने छ भने पनि यही ग्लालरीमा खोजि गर्न पाईन्छ । श्रेष्ठका अनुसार नेपालगन्ज ग्यालरीमा नराम्रा बिचार र फोटोहरुलाई प्राथमिकता दिईन । धर्म, संस्कृतिक र समाजलाई हानी हुने कुरा अपलोड नगर्ने मापदण्ड उनले बनाएका छन् । उनले नेपालगन्ज ल्यालरीलाई आगामी दिनमा सामाजिक काममा उपयोग गर्ने सोंचेका छन् ।

प्रकाशित मितिः     १७ पुष २०७५, मंगलवार ११:२२  |
error: Content is protected !!