लक्ष्मी मावि मदुईलाई कृषि प्राविधिक कलेज बनाऔं : सांसद अथक


बाँके : बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय संसदका सांसद महेश्वर गहतराज अथकले राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा रहेको लक्ष्मी माविलाई कृषि प्राविधिक कलेजकारुपमा बिस्तार गर्न सकिने बताएका छन् । पूर्वाधारको विकास गरेर लक्ष्मी माविलाई यस क्षेत्रकै ठुलो कृषि प्राविधिक कलेजका रुपमा बिस्तार गर्ने बिषयलाई प्राथमिकता दिई आफुले सहयोग गर्ने सांसद अथकले प्रतिवबद्धा जनाए ।
लक्ष्मी मा बि मदुईको ५८ औ बार्षिक उत्सव तथा ४ कोठे भवनको सिलान्यास कार्यक्रममा सांसद अथकले यस्तो बताए । स्थानिय पुर्वाधार बिकास तथा साझेदारी कार्यक्रम बाट २० लाख र गाउपालिकाको साझेदारी ४ लाख गरि २४ लाख रुपैया छुट्याइएको छ । साँसद अथकले बिकासको मुख्य पाटो शिक्षा भएकाले आफ्नो साँसद बिकास कोषको अधीकाँस रकम शिक्षा क्षेत्रमा लगाएको बताए ।
शिक्षाको गुणस्तरमा बृद्दी गर्नुपर्ने बताउदै कानुनीरुपमा शिक्षा लाइ राज्यले आफ्नो दायित्व भित्र राखी सकेकाले आर्थिक अभावका कारण शिक्षा बाट कोही बन्चित हुनुनपर्ने बताए । कार्यक्रममा पुर्व कृषि मन्त्री प्रेम बहादुर भण्डारी गापा अध्यक्ष लाहुराम थारु उपाध्यक्ष धनीकुमारी खत्री नेकपाका नेता सुर्य ढकाल लगायतको सहभगिता रहेको थियो ।


प्रकाशित मितिः     १७ पुष २०७५, मंगलवार २०:५२  |
error: Content is protected !!