नयाँ वर्षमा सुरज थापाले नचाए


बाँके : नेपाल आईडलबाट चर्चामा आएका बाँके चिसापानी निवासी सुरज थापाले नयाँ वर्षको अवसरमा मंगलवार नेपालगन्जमा आयोजित कार्यक्रममा यहाँका दर्शकहरुलाई नचाएका छन् । सुर्खेतरोडस्थित द् किचन टप रेष्टुरेण्टमा आयोजित कार्यक्रममा उनले गीत गाएर दर्शक नचाएको रेष्टुरेण्टका सन्चालक इन्द्रबहादुर थापाले बताए ।
उनले आफ्नै जिल्लामा नयाँ वर्ष मनाउन पाउँदा खुसी लागेको बताए । थापाले आफ्नो सुमधुर स्वरबाट दर्शकहरुलाई मनोरन्जन दिएका झण्डै डेढ दशकदेखि गायनक्षेत्रमा रहेका सुरज नेपाल आईडलमा प्रमुख दाबेदार थिए । उनले बिदेशीएका नेपालीहरुको पीडा समेटेरअ आएन परदेशी समेत चाडै ल्याउदैछन् । मंगलबार आयोजित कार्यक्रमको प्रमुख अतिथी युवा नेता सुदान्शुराज कोइराला थिए ।


प्रकाशित मितिः     १८ पुष २०७५, बुधबार १४:१८  |
error: Content is protected !!