कोल्ड स्टोर निर्माणका लागि प्रदेश नंं. ५ सरकारले निवेदन माग्यो, निवेदन कसरी र कहाँ भर्ने हेर्नुहोस्


बाँके :  प्रदेश नम्बर ५ को भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले कोल्ड स्टोर निर्माणका लागि बाँके लगायत प्रदेशका १२ जिल्लाबाट निवेदन माग गरेको छ । चालु आर्थिक वर्ष २०७५/२०७६ मा स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत रु ५ करोडसम्मका कोल्ड स्टोर निर्माणका लागि स्थानिय तह, कृषक समुह,कृषि सहकारी संस्था, नीजि कम्पनी तथा फर्महरुलाई तीस दिनभित्र अर्थात माघ १५ गतेसम्म प्रस्ताव सहित निवेदन पेश गर्न कृषि मन्त्रालयले पुस १६ गते सूचना जारी गरेको छ ।
प्रदेश कृषि मन्त्रालयले जारी गरेको सूचना अनुसार कोल्ड स्टोर साझेदारीमा निर्माण हुने छ । त्यसका लागि स्थानीय तह, कृषक समूह, कृषि सहकारी संस्थाका लागि कुल लागतको ७५ प्रतिशत र नीजि कम्पनी र फर्मका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराईनेछ । मन्त्रालयले प्रति प्रस्ताव अनुदान रकम बढिमा ५ करोडसम्म उपलब्ध गराउने जनाएको छ । पुराना तथा निर्माण कार्य सम्पन्न भइनसकेका कोल्ड स्टोरका हकमा पुस्टाईएका आधारमा अनुदान दिन सकिने व्यवस्था गरिएको छ ।
मन्त्रालयले निवेदन कहाँ दिने र कसरी दिने भन्ने व्यहोरा पनि आफ्नो वेयसाईडमा सार्वजनिक गरेको छ । मन्त्रालयले बाँके जिल्लालका लागि कृषि ज्ञान केन्द्र वा भेटनरी अस्पता पशु सेवा बिज्ञ केन्द्र नेपालगन्जमा प्रस्ताव दर्ता गर्ने व्यवस्था मिलाएको छ । निवेदनको ढाँचा, शीत भण्डारका लागि आवश्यक मापदण्ड, आवश्यक कागजातहरु, क्रमश अनुसुचि २, ३, ४ , ५ , ७ मन्त्रालयको वेयभसाईड www.molmac. P5.gov.np बाट प्राप्त गर्न सकिन्छ ।

प्रकाशित मितिः     १८ पुष २०७५, बुधबार ११:१३  |